भुकम्पीय खतराको आधारमा काठमाडौं विश्वका जोखिमयुक्त शहरहरुको सुचिमा अग्र स्थानमै रहेको छ । नेपालका अन्य शहरहरु पनि खतराबाट मुक्त छैनन् । नेपाल आफै जोखिमयुक्त देशहरुको सुचिमा ११ औँ स्थान मा रहेको छ । यस्तो अवस्थामा भुकम्पबाट बँच्ने सामान्य उपायहरु मात्र थाहा भएपनि जोखिमबाट ज्यान जोगाउन सकिन्छ । भुकम्पबाट जोगिने पहिलो उपाय भनेको नआत्तिनु नै हो । तपाईंको जीवन र मृत्युको बिचमा केवल सिमित सेकेन्ड मात्र रहेको हुन पनि सक्छ । त्यसैले यी सिमित सेकेन्ड लाई नआत्तिकन सदुपयोग गर्नु अती आवश्यक हुन्छ । भुकुम्पबाट बाँच्न तल दिईएको उपायहरु अपनाउन सक्नुहुन्छ:
यदी तपाईं घरभित्र हुनुहुन्छ भने :
१) घुँडाले जमिनमा टेक्नुहोस् र पढ्ने टेबल, खाट अथवा अरु कुनै फर्निचरको तल गएर भुकम्पको धक्का नरोकिदा सम्म बस्नुहोस् । यदी तपाईं रहेको स्थान वरिपरी कुनै त्यस्तो बस्तु नभए, आफ्नो टाउकोलाई पाखुराले च्याँपेर कोठा वा भवनको कुनामा गएर बस्नुहोस्। याद राक्नुहोस्, तपाईंको शरीरको सबैभन्दा महत्वपूर्ण अंग टाउको हो र यदी तपाईंले टाउको बचाउन सक्नुभयो भने, तपाईं भुकुम्पबाट बँच्ने सम्भावना धेरै बढ्छ ।
२) ग्लास, झ्याल, बाहिरी ढोका, भित्तो, गमलाहरु र अन्य कुनै पनि बेला खस्न वा भात्किन सक्ने बस्तु रहेको स्थानबाट टाढा बस्नुहोस् ।
३) यदी तपाईं खाट वा पलङमा सुतिरहेको अवस्थामा भुकम्प आयो भने, त्यँही बस्नुस् र आफ्नो टाउकोलाई तकियाले छोप्नुहोस् । तर यदी तपाईंको पलङ वा खाटमाथि कुनै खस्ने बस्तु छन् भने, जती सक्दो चाँडो उक्त स्थान छोडेर नम्बर (१) र (२) मा भनिएको उपाय अपनाउनुस् ।
४)भुकम्पको धक्का नरोकिएसम्म वा बाहिर जान जोखिममुक्त नभएसम्म घर भित्रै बस्नुहोस् । अध्ययनले देखाए अनुसार सबैभन्दा बढी चोट घर भित्रै हिढ्दा वा घर बाहिर जाने प्रयास गर्दा लाग्ने गरेको छ ।
५) भुकम्पको बेला बिजुली जान पनि सक्छ र टेलीफोन सेवा अबरुद्ध हुन पनि सक्छ । त्यसैले यस्तो अवस्थाको लागि तयार भएर बस्नुहोस् ।
६) भुकम्पको बेला लिफ्ट (Lift) वा एलिभेटर (Elevator) प्रयोग नगर्नुहोस् ।
यदी तपाईं घर बाहिर हुनुहुन्छ भने :
१) त्यँही बस्नुहोस् ।
२) घर, भवन, बिजुलिको खम्बा र तारहरु बाट टाढा जानुहोस् ।
३) खुला ठाउँमा पुगेपछी भुकम्पको धक्का नरोकिए सम्मा त्यँही बस्नुहोस् ।
यदी तपाईं सवारी साधन (गाडी) भित्र हुनुहुन्छ भने :
१) जती सक्दो चाँडो सुरक्षित स्थानमा पुगेर सवारी साधन रोक्नुहोस् र सवारी साधन भित्रै बस्नुहोस् । सवारी साधन रोक्दा कुनै घर, भवन, रुख, आकाशे-पुल वा बिजुलिको खम्बा नजिक नरोक्नुहोस् ।
२) भुकम्प रोकिएपछी बिस्तारै सवारी साधनबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ जानुहोस् । यसो गर्दा भात्किएका पुल, भात्किएको भवन वा अरु कुनै भात्किएको संरचना भएको स्थानतर्फ नजानुहोस् किनकी ति संरचनाहरु कुनै पनि बेला भात्किन सक्छन् र तपाईंलाई थिच्न सक्छन् ।
यदी तपाईं भात्किएको संरचनाभित्र पुरिनुभएको छ वा फँस्नुभएको छ भने :
१) कुनै पनि अवस्थामा सलाई वा अन्य कुनै साधन प्रयोग गरेर आगो नबाल्नुहोला । यदी तपाईंले आगो बाल्नुभयो भने तपाईं फंसेको ठाउँमा रहेको अक्सिजन (Oxygen) सकिनेछ र अक्सिजनको अभाबमा तपाईंको ज्यान पनि जान सक्छ ।
२) तपाईं रहेको ठाउँबाट नहल्लिनुस् वा धुलो उडाउने कुनै पनि कार्य नगर्नुस् । धुलो उडेको अवस्थामा तपाईंलाई श्वास-प्रश्वासमा समस्या हुन सक्छ ।
३) आफ्नु मुख र नाक रुमाल वा अरु कुनै कपडाले छोप्नुहोस् ।
४) यदी तपाईंको नजिकै कुनै पाईप छ भने, त्यसलाई हल्लाउनुस् र बाहिर भएका मान्छेलाई तपाईं भएको ठाउँ पत्ता लगाउन सहयोग गर्नुहोस्। यदी तपाईंसँग आवाज निकाल्ने कुनै साधन छ भने सकेसम्म ठुलो आवाज निकाल्नुहोस् । तर कुनै उपाय नलागेमा मात्र आफै आवाज निकाल्नुहोस् किनकी यदी तपाईंले मुख खोल्नुभयो भने तपाईंले खतरायुक्त धुलो ठुलो मात्रामा सेवन गर्नुहुनेछ जुन निकै जोखिमपूर्ण हुनसक्छ ।