साच्चीकै जिन्दगि चलेर मात्र हुदैन ...हामीलाई त्यहाँ देखिइनु पर्छ ..मान्छेलाई २ छाक खान एकसरो कपडा लाउन कति नै सप्म्पति चाहिन्छ र ? खान लाउन ..कैलेकाही अप्ठयाराहरु पर्दालाई केहि जोहो त गर्नै पर्छ। तर हाम्रो समाज देखावटी बढी छ फलानो र ढिस्कानोले जसो गर्यो उसै गर्नु पर्छ आफ्नो वास्तविकता बिर्सेर कसैलाई देखाउन मोटरसाइकल चढनेहरुको लहर छ , घर लाउन खान गाह्रो होला पेट्रोल कसरि राख्ने भन्ने समस्या छ तर नि देखावटी बन्नै आफ्नो खुट्टा मा नहिड्नेहरु पनि छन्। राम्रो काम बरु देखासिकी गर्नु कता हो कता राम्रो गर्नेहरुको आलोचना गर्ने कुरा काट्नेहरुको कमि छैन , आफुलाई राम्रो देखाउन अरुलाई नराम्रो देखाउने तल पार्ने चलन छ किनकि अरु नराम्रो देखिएसि आफु यसै राम्रो देखिन्छु भन्ने मान्यता ब्याप्त छ। तपाई कसैलाई ढाटछल गर्न सक्नु हुन्न , आबश्यक पर्दा कसैलाई प्रयोग गरि अरु समएमा वास्ता नगर्ने हुनुहुन्न भने ,आफ्नै काम मा ध्यानदिनु हुन्छ भने हाम्रो समाजले तपाइलाई सोझो को संज्ञा दिनेछ । .. युवाहरुमा नैरश्यापन धेरै छ , आजको युवा धैर्य गर्न सक्दैन आज रोपेको बोट बाट भोलि फल खोज्छ ...देशमा रोजगारीका अवसर पनि न्युन छन् पढे लेखेका युवाहरु राम्रो अवसर को खोजीमा विदेश पलाएन भएका छन् अशिक्षितहरुलाई विदेश यसै बाध्यता छ । पढेर नि भबिस्य सुनिस्चित छैन, पढाई पनि समय सान्दर्भिक छैन यहाँ पढाउनकै लागि पढाईन्छ र पढ्न कै लागि मात्र पढिन्छ जागिर खान गाह्रो छ नाताबाद कृपाबाद ब्याप्त छ ,हामी एस्तो समाजमा छौ जहाँ छिमेकि ले प्रगति गर्यो भने तपाइलाइ पनि तपाई को परिवारले उसकै प्रगति देखाएर अनाबश्यक टर्चर दिन्छ अझै त्यो तपाइकै साथी पर्यो भने त झन् कुरै छोडौ ... हरेक कुरामा कमिसनको चलखेल छ नुन देखि सुनसम्म । विदेश गएको छोराले २-४ लाख कमायो भने परिवार तराई/शहर बसाइ सर्छ घरखेत मै पैसा सक्छन उत्पादनशिल कार्यमा लगानी गर्ने सोच छैन उ सधै झोले बन्छ २-३ बर्षमा एकमहिना घर बस्न आउछ फेरी झोला लिएर फर्किन्छ धन कमाउन ...पहिला बाउ कमाउन जान्छ छोराछोरी पढ़ाउछ बढाउछ ..बाउ बुढो भएर फर्किन्छ फेरी छोरो झोला बोकेर विदेशिन्छ कमाउन ..बाउ छोरा को भेटघाट आकलझुकल हुन्छ। कतिपय अबस्थामा छोरो विदेश कमाउन जान्छ बुहारी आफ्नो यौवन साचेर राख्न सक्दिन सायद साचेर/ जम्मा गरेर राख्न नमिल्ने भएर होला विकल्प खोज्छे यो उसको बाध्यता पनि हुन सक्छ। कसैलाई थाहा भएन भने त्यो विकल्प बिकल्पै रहन सक्छ चाहनाहरु सबै रोकेर राख्न सबैले सक्दैनन् अनि घर भाड़ीन्छ यहाँ सातफेरो घुमेर खाएका कसम/बाचा बन्धन धुलोमा मिल्छन ...पबित्र मानिएका चोखो भनिने माया मोह पैसामा बिक्छ , बिहे गर्ने उमेर कम्तिमा २०-२२ बर्ष तोक्छ सरकार यौवनले ओतप्रोत १६-१७ बर्ष देखिका युवा युवतीहरु जंगलमा मंगल गरिरहेका भेटिन्छन या त गेस्ट हाउसबाट प्रहरीले समातेको समाचार आउछ नसमातेको समाचार धेरै आउदैनन .....अनौठा समाचार धेरै सुन्नमा आउछन आजभोली ५०-६० बर्षको हजुरबुवाले ५-६ बर्षकी नातिनीको बलात्कार गर्यो रे ,छोराले बाउलाई मार्यो रे! साच्चि मानिसहरुबाट मानवता हराउदै गएको छ सम्बन्धहरुको आत्मियता कम छ वा देखावटी छ ...समाजसेवा भन्दा समबेदनामा बढी पैसा खर्च गर्छ आजको मान्छे। उधमीले मन्दीर बनाउछ धर्म को व्यापार गर्छ ..गरिब मन्दिर जान्छ भगवानलाई फुल होइन भेटि चढाउछ भगवानलाई घुस खुवाएजस्तो आफ्ना मागहरु पुरा गराउन कुखुरा , बोका बलि दिन पछी पर्दैन। युवापुस्ता मन्दिर धाउछ तस्बिर खिच्छ फेसबुकमा राख्छ बिश्वभरि आफ्नो बिज्ञापन गर्छ।
आफ्नो नाम राम्रो संग लेख्न नसक्ने भुराले पनि फेसबुक चलाउछ ...साथीभाईहरुलाई भेटघाट गर्न गाह्रो छ भेट भैहाल्यो भने पनि आपसमा कुरा हुनु भन्दा मोबाइल बढी चलाउछन , अनलाइन सजिलै भेटिन्छन .....गाउमा मेलापात बोलाउन फेसबुकमै म्यासेज गरे हुन्छ खेतालाहरूलाई ....दिनमा सय कमाउनेहरू पचास मोबाइलमा खर्च गर्छन साझ खानै नपुगोस बरु ...मोबाइल कम्पनीहरु अनेक अफरको नामबाट घुमाएर जनता चुस्छ्न भलै सेवा सुविधाहरु पनि दिएकै छन् ... महंगीले आकाश छोएको छ थोरै कमाइले गुजारा चल्दैन त्यसैले मानिसहरु कमाउने सजिला बाटोहरु खोज्छन ...छिमेकीले बोर्डिंग छोराछोरी पढायो आफुलेनि पढाउनै पर्यो ,बजार पढ्न पठायो पठाउनै पर्यो बाध्यता बनिदिन्छन केहि कुराहरु पुरा गर्न नसके तपाइको औकातको लेखाजोखा गर्छ समाज। दाइजो दिन पाइदैन हामी सबै दाइजो बिरोधी छौ समाजमा छोरीको बिहेमा उपहारहरु लाखौ लाखका दिन्छौ र लिन्छौ पनि ..बिहे , ब्रतबन्ध, भोज ,र भतेरमा कसले बढी खर्च गर्ने प्रतिस्पर्धा छ पढेलेखेका भन्नेहरूमा सबै भन्दा धेरै। खोरिया बेचेर कोरिया जाने युवाहरुको लर्को छ विकल्प पनि छैन नेपालमै केहि गर्न सकिन्छ भनेर सिद्धान्त छाट्या जस्तो सजिलो पनि छैन यहाँ काम गर्न ......पहिला पहिला गोठमा २-४ ओटा लैना गाइभैसी हुनेहरु खेतीपाती गर्ने जग्घा धेरैहुनेहरुलाई हुने खानेमा गनिन्थ्यो रे आजभोली जसले बढी किनेर खान्छ त्यो सम्पन्न जसले खेतीपाती गर्दैन त्यो धनीमानी मा गनिन थालेका छन्
........तर पनि हेर्नुस एक दिन जमाना फर्किनेछ