आजभोली विश्वको अन्त्यका बारेमा बजारमा धेरै नै हल्ला र चर्चा सुन्न पाईन्छ । यसमै आधारित कयौं documentry र फिल्म ( Film ) हरु पनि बनेका छन् र कति त बन्दै पनि छन् रे । यस्तै एउटा documentry हेर्दै थिएँ म पनि । त्यतिकैमा मेरो बुबा आउनुभयो र मैले हेरेको documentry को बारेमा जिज्ञाशा राख्नुभयो र मैले पनि सकेजति सूचना दिएँ र मेरो बुबाले यसको बारेमा पहिले नै सुनेको र यसको चर्चा मेरो गाउँमा पनि भएको थियो भन्नु भयो । म एकछिन त आश्चर्यचकित भएँ । मेरो गाउँ धेरै नै बिकट छ र मैले त सोंचेको थिंए कि यस्तो हल्ला काठमाडौँ लगाएतका शहरहरु या भनौ सूचना-प्रबिधिको पहुँच भएको ठाउँमा मात्रै चलेको छ । तर होइन रहेछ, यो हल्ला त महामारी रोग जस्तै निकै छिटो पो फैलिएको रहेछ । त्यसैले मैले पनि यसको बारेमा Google मा केहि खोज्ने प्रयाश गरें र अंग्रजीमा त धेरै नै लेखहरु पाएँ तर मेरो बुबालाई पनि देखाउने रहर भएको र उहाँले अंग्रजी बुझ्ने भए पनि नेपाली मै पढ्न मन पराउने भएकोले मैले नेपाली मै type गरेर Google मा फेरी खोजें र नेपालीमै लेखिएका लेखहरु पनि प्रसस्तै भेटियो । अब बल्ल मैले महसुस गरें कि यो बिषय त निकै नै चर्चामा पुगिसकेको रहेछ र यस बिषयमा थोरै कुरा राख्न मन लाग्यो मलाई पनि ।
केहि बर्ष यता पृथ्वीको या भनौ मानव सभ्यताको अन्त्य सन् २०१२, December २१ मा हुन्छ भन्ने हल्लाले बजार तताएको छ । कुनै पनि हल्ला वा चर्चाको पछाडी केहि न केहि कारण हुन्छ । त्यस्तै यो बिषयमा यति धेरै चर्चा हुनुको पछाडी पनि धेरै नै कारणहरु छन् । र मानव सभ्यताको अन्त्य हुने दिन नै तोकिनुको कारण चाँही Mayan क्यालेण्डर अर्थात् माया सभ्यताको क्यालेण्डर नै हो जुन क्यालेण्डर सन् २०१२, December २१ मै गएर समाप्त हुन्छ । भनिन्छ यो क्यालेण्डरमा २००० बर्ष भन्दा बढीको समय, तिथि , मिति, घटनाहरुको जानकारी ठ्याकै मिल्ने गरी राखिएको छ । तर बिडम्बना भनौ कि के भनौ, यो क्यालेण्डरमा सन् २०१२, December २१ पछिको केहि जानकारी रहेको छैन । माया सभ्यताका मान्छेहरुको ज्ञानको सिमा धेरै नै थियो भनिन्छ । उनीहरुले आकाशको ताराहरुको अध्यन गरेर धेरै कुरा पत्ता लगाएका थिए र ति सबै कुरा मिल्न गएको छ । त्यसैले पनि धेरैले के अनुमान लगाएका छन् भने माया सभ्यताको मानिसहरुलाई मानव सभ्यताको अन्त्यको बारेमा पूर्व-जानकारी भएकोले उनीहरुले आफ्नो क्यालेण्डरमा त्यसपछिको तिथि मिति नै नराखेको हुन सक्छ । तर म आफु एउटा नेपाली भएको नाताले चाँही मलाई यो कारण त्यति भरपर्दो लागेन । हाम्रो देशमा आउने बर्षको क्यालेण्डर पाउनलाई त चैत्र नै पर्खिनु पर्छ भने ति मान्छेहरु त धन्य हुन् जसले २००० बर्षको क्यालेण्डर निकाले । उनीहरुले पनि कति आफुलेमात्र निकाल्ने ? भाबी पुस्तालाई पनि केहि गर्ने मौका दिनुपर्छ भनेर छोडेको पो हो कि? यो Mayan क्यालेण्डर कस्तो हुँदो रहेछ भनेर मलाई पनि हेर्न मन लाग्यो र फेरी यसो Google मा गएर " Mayan Calender " type गरेर हेरेको त तस्बिर त यस्तो पो भेटियो:
मलाई थाहा भएन कि यहि Mayan क्यालेण्डर हो या होइन । तर यदि हो रहेछ भने त चिन्ताको कुनै बिषय नै छैन होला किन भने जाबो यति सानो क्यालेण्डरमा के चाँही अटोस्? यत्रो सानो गोलो चित्रमा २००० बर्षको अट्नु नै ठुलो कुरा हो, त्यसपछिको अटेन होला नि त । यसमा चिन्ताको बिषय के नै छ र?
तर कुरा यतिमै सिमित भने छैन । यो हल्ला को पछाडी अर्को कारण पनि छ । त्यो हो Nostradamus को भविष्यवाणी । उनको पुरा नाम चाँही Michel de Nostredame (14 December or 21 December 1503 – 2 July 1566) रहेछ तर छोटोमा भन्दा उनी Nostradamus को नाम ले प्रख्यात छन् । उनी एक फ्रेन्च (French) ज्योतिर्विद हुन् जसले आकाशको तारा हेरेर भविष्यको बारेमा थाहा पाउन सक्थे र भनिन्छ उनले गरेको सबै भविष्यवाणीहरु ठ्याक्कै मिलेका छन् । आजसम्म विश्वमा जति पनि विशेष घटना भएको छ ती सबैको भविष्यवाणी उनले चार सय वर्ष पहिले नै गरिसकेका थिए । उनले राजीव गान्धीको मृत्यु , इन्दिरा गान्धीको मृत्यु ,नेपोलियन बोनापार्टको उदय लगाएत थुप्रै घटनाको बारेमा सहि भविष्यवाणी गरेका थिए तर बिडम्बनाको कुरा के हो भने उनको भविष्यवाणी घटना घटेपछि मात्र प्रकाशमा आउँछ त्यसैले त्यसको सार्थकता माथि प्रश्न चिन्ह पनि धेरै नै उठ्ने गरेको पाईन्छ । जे भए पनि कुनै घटना घटेपछि सबैले पहिले उनकै भविष्यवाणी हेर्नतर्फ लाग्छन् । तर विश्वको अन्त्य समन्धमा गरेको उनको भविष्यवाणी भने बिनाश अघि नै सर्बजैनिक भएको छ र यसले तहल्का नै मच्चाएको छ । उनले ठ्याक्कै दिन नै तोकेर भनेका छैनन् तर बिनाश हुने समयमा आकाशका तारा र ग्रहको स्थानको बारेमा बताएका छन् र यसले पनि सन् २०१२ लाई नै संकेत गरेको पाईन्छ ।
यी त भए भविष्यवाणीका कुरा । यसमा विश्वास गर्ने कि नगर्ने निर्णय गर्ने अधिकार सबैलाई छ । तर कतिपय कारणहरु बैज्ञानिक छन् जसमा विश्वास गर्न लाएकका केहि कुरा हरु छन् । बैज्ञानीक कारणमध्यको एक हो Planetary Alignment जुन सन् २०१२, December २१ कै दिनमा परेको छ। Planetary Alignment यस्तो दुर्लब क्षण हो जुन २५,००० बर्षमा एक पटक आउँछ । Planetary Alignment भएको बेलामा Milky Way ग्यालेक्सी, सुर्य र पृथ्वी एकै लाइनमा पर्न जान्छन र यो लाइनलाई Galactic Equator भनिन्छ । वैज्ञानीकहरुका अनुसार यस्तो भएको अवस्थामा पृथ्वीको चुम्बकिए धुर्ब ( Magnetic Poles ) परिवर्तन हुन सक्छ । यस्तो धेरै पहिले पनि भएको हुन सक्ने अनुमान वैज्ञानीकहरुको छ र यदी अहिले पनि यस्तो भएमा पृथ्वीमा ठुलै विनाश आउने हल्ला राम्रोसँग नै चलेको छ । अरु वैज्ञानीक कारणहरुमा प्लानेट X, Solar Storm ईत्यादि ईत्यादि पर्छन् । तर धेरै जसो बैज्ञानीकहरु भने सबै कारण झुटो भएको र भय फैल्याउने काम मात्र भएको बताउछन् ।
मसँग भएको जानकारी अनुसार त मलाई मनब सभ्यताको अन्त्य सन् २०१२, December २१ मा होला जस्तो लाग्दैन । सबै चिज नासवान छन् र पृथ्वीको पनि एकदिन अवस्य अन्त्य हुन्छ र मानव सभ्यताको पनि एक न एक दिन अन्त्य हुन्छ नै तर त्यो दिन यती छिटो आउँछ भन्न चाँही मिल्दैन । तर यदी दुर्भाग्यवस सन् २०१२, December २१ मा संसार ध्वस्त भए पनि राम्रै हुन्छ जस्तो पनि लाग्छ मलाई त । संसार नै ध्वस्त भएपछी त पढ्न पनि पर्दैन, दिन दिनैको Tension पनि सकिन्छ । सबै परिवार एकैचोटि मर्न पाए कसैलाई पिँडा पनि हुँदैन र बिछोडको गम पनि हुँदैन । सबै एकैचोटी मर्न पाए त प्रियशीसँग सँगै बाँच्ने र सँगै मर्ने भनी खाएको कसम पनि पुरा हुन्छ । यदी केही भएन भने आफ्नो अधुरो जीवनको अधुरो सपनाहरु पुरा गर्ने तर्खरमा लागौला र पुरै जीवन बाँचौला र २०१२, December २२ को बिहानको सुर्यको तेजिलो किरण र चिसो हावासंगै हाँसी खुशी प्रगतीको पाईला अगाडि बढाउँला, कि कसो त?
~बुधवार, अक्टोबर २०, २०१०