मानव कल्याणका लागि महामानव भगवान बुद्धको उपदेश जीवनको चार आर्यसत्य
भगवान बुद्धले संसारलाई जीवनको चार आर्यसत्य दिनुभएको छ । भगवान बुद्धको यो उपदेश सर्वकालका लागि उपयोगी सिद्ध भएको छ । यो मार्ग शुरु भएको ढाई हजार वर्षभन्दा बढी भइसक्यो तर उहाँले बताउनुभएको मार्ग त्यो समय पनि सटीक थियो, आज पनि छ र जबसम्म मानव रहन्छ तबसम्म रहनेछ । उहाँले मानवको स्वभाव र चेतनाको कुरा गर्नुभएको छ । श्रद्धामा होइन विज्ञानमा आधारित भएर । उहाँले एउटा जीवन–विज्ञान दिनुभयो । दर्शनशास्त्रको मात्र कुरा होइन रोग र मनोचिकित्साको कुरा गर्नुभयो । कसैमा आश्रित हुने कुरा होइन बरु स्वयम्मानै जागरण र होशमा महत्व दिनुभयो । इशारा गर्नुभयो र मार्ग स्वयम्ले खोज्नुभयो । उहाँको पूरै जोड यसमा थियो कि मनुष्यको पीडा कसरी हटोस्, त्यसको कसरी रुपान्तरण निकाल्ने ? र ऊ स्वयम्ले आनन्दरुपी स्वभावलाई चित्र सकोस् ।
त्यसैका लागि भगवान बुद्धले चार आर्यसत्यको घोषणा गर्नुभयो ।
१) दु:ख छ, मानिस दु:खी छ ।
२) मानिसको दु:ख उसको दु:खी हुनाको कारण हो । दु:ख अकारण त हुँदैन ।
३) दु:खको निदान छ, दु:खको कारणलाई हटाउन सकिन्छ । दु:ख हटाउने साधनहरु छन् । त्यो नै आनन्द पाउने साधन हो ।
४) दु:ख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ जब दु:ख रहन सक्दैन । दु:खबाट मुक्त हुने पूरै सम्भावना छ ।
जीवनमा दु:ख छ ।
दु:खको कारण छ
भगवान बुद्ध आनन्दको कुरा गर्नुहुत्र । उहाँ त भत्रुहुन्छ कि दु:ख उत्पत्र गर्ने कुराहरुलाई छोडिदेऊ । आनन्द त आफसेआफ हुन्छ । किनकी आनन्द त मानिसको स्वभाव हो । आनन्द त छ त्यसलाई लिने थोरै हो । दु:ख भएन भने त स्वत: आनन्द हुन्छ । मानिसहरु सोच्दछन् कि जब आनन्दनै छ भने त्यसलाई प्राप्त गर्ने कोशिश गर्नु पर्दछ । तर दु:ख नहटाई आनन्द प्राप्त गर्न सकित्र । आनन्दको खोजमा ऊ दु:ख भुल्दछ । दु:खको बाटोमा जान थाल्दछ र आनन्दको कामना गर्न थाल्दछ । रोगको कारण भइरह्यो भने त स्वास्थ्यको कामनाको कुनै परिणाम हुत्र । अत: बुद्ध भत्रुहुन्छ कि स्वास्थ्य पाउने हो भने त बिरामीको कारण पत्ता लगाऊ र त्यसलाई हटाऊ अनिमात्रै स्वस्थ्य रहन सकिन्छ । बुद्धको उपदेशको सबैभन्दा ठूलो कुरो यो हो कि उहाँले कुनै सिधा कारण बताउनु भएन । इशारा गर्नुभयो र महत्वपूर्ण कुरा भत्रुभयो — “अप्प दीपोभाव ” । आफ्नो दीयो स्वयम् बन । उहाँले भत्रुभयो — “ आकाशे च पदं नत्थि, समणो नत्थि बाहरे ” । आकाशमा पथ हुँदैन र जो बाहिरतिर दौडन्छ उसले ज्ञान प्राप्त गर्न सक्दैन । त्यसैले त बुद्धको मार्गमा ध्यानमा विशेष जोड दिइएको छ र होशतिर सबैभन्दा बढी ध्यान दिइन्छ । ध्यानमा जति निर्विचारको स्थिति आउँछ त्यतिनै आनन्द स्पष्ट हुन थाल्नेछ । विस्तारै–विस्तारै यो स्पष्ट हुनेछ कि सुख, आनन्द, संसारमा खोजेर प्राप्त गर्न सकित्र । ध्यानबाट घण्टा–आधाघण्टामा प्रकाशको सानो–सानो किरणले जीवनदृष्टिमा आरम्भ गरिदिनेछ । दु:खको कारणमा दृष्टि पर्यो त उपचार प्रारम्भ भयो ।
दोषयुक्त मन
भगवान बुद्धले भत्रुभएको छ यदि कोही दोषयुक्त मनबाट बोल्दछ अथवा कर्म गर्दछ भने दु:खले उसको अनुसरण यसरीनै गर्नेछ कि जस्तो गाडालाई तात्रे बैलको खुट्टाको । यदि मनमा कसैलाई दु:ख दिने भाव उठ्दछ भने त बीज झरिरहेको छ । बीज ठूलो भएर बृक्ष बत्रेछ र त्यसमा फल लागेपछि त उसले भोग्नुनै पर्नेछ । प्राय: जब दु:ख आउँदछ त मानिसहरु सोच्दछन् कि कोही अरु उसको लागि दु:ख उत्पत्र गरिरहेका छन् — पत्नी, पति, छोरा, पिता, मित्र, समाज आदि । तर बुद्ध भत्रुहुन्छ कि दु:खको कारण व्यक्तिको मनमा हुन्छ । बाहिर खोज्न गयौं भने गल्ती हुन्छ । उहाँ भत्रुहुन्छ यदि कसैले गाली गर्दछ भने त्यसलाई स्वीकार नगर । दोष उसको हो क्रोध गर्यौं भने हामीले आफैलाई दण्ड दिन्छौं । जब हामी कुनै चिजलाई भित्र लिन्छौं तबनै त्यो सक्रिय हुन्छ । अरुबाट नलेऊ, भित्र जानै नदेऊ त दु:खको कुनै कारण हुनेछैन । सबै कुरा मनको हो । त्यसको व्याख्या गरिएको छ । सबै त्यसैमा निर्भर हुन्छ ।
त्यसकारण बुद्ध भत्रुहुन्छ जति हामी द्वेषीको या बैर बैरीको गर्दछौं त्यसभन्दा धेरै खराबी गलत मार्गमा लागेको चित्तले गर्दछ । उहाँ भत्रुहुन्छ दुश्मनसँग डराउने जरुरत छैन, चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तनै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ । अत: चित्तबाट साबधान हुनु आवश्यक छ । गलत मार्गमा लैजाने चित्त व्यक्तिला्रई सबैतिर भट्काउँदछ । स्वयम्लाई भित्रि खोजको साधन बत्र दिँदैन, त्यसले स्वयम्लाई एक्लो बत्र दिँदैन । चित्त यदि भीडबाट हट्यो भने, स्वयम्मा केन्द्रित भइदियो भने त दु:खको कारणनै समाप्त भइजान्छ ।
सुख–दु:ख ब्याख्यामा निर्भर
सुख र दु:ख हेर्नमा निर्भरनै दृष्टिमा निर्भर हो । यो सबै आ–आफ्नो व्याख्या हो । त्यही कुरा कसैलाई सुख हुन सक्दछ त कसैलाई दु:ख हुन सक्दछ । त्यही कुरामा कोही निरपेक्ष रहन सक्दछ, न दु:ख अनुभव गरोस् न सुख । यो पनि हुन सक्दछ कि जुन आज सुख लागिरहेको छ भोलि त्यही दु:ख हुनेछ । त्यसको बिपरीत पनि हुन सक्दछ । यदि जीवनको ठीक–ठीक निरीक्षण भयो भने निश्चयनै ज्ञात भइजान्छ कि जीवनमा हामी जे पनि अनुभव गर्छौ, दु:ख अथवा सुख सबै हाम्रा व्याख्याहरु हुन् । व्याख्या बदलिदियो भने अर्कै हुन्छ । व्याख्या आफ्नो हो, हरेक व्यक्ति त्यसलाइ्र्र बदल्नमा स्वतन्त्र छ । कसैको कुनै वन्धन छैन ।
भगवान बुद्धले धम्मपदमा भत्रुभएको छ — “सुसुखं वत । जीवाम वेरिनेसू स्वेदिनो । वेरिनेसू मनुस्सेसू विहराम अबेरिनो ।।” अर्थात बैरीहरुका बीच अबैरी भएर ओहो ! हामी सुखपूर्वक जीवन विताइरहेका छौं । बैरी मानिसहरु बीच अबैरी भएर हामीहरु विहार गर्छौं । यो कुरा बुद्धले एउटा विशेष अवसरका कारण भत्रुभयो । यसका पछाडि सूत्रको जन्मको कथा छ ।
शाक्य र कोलि राजाहरु बीच रोहिणी नामको नदीको पानीलाई रोकेर दुबैजना जनपदबासी आफ्ना खेतहरुको सिँचाइ गर्थे । एकपटक जेठ महीनामा वालीहरु सुकेको देखेर दुबै जनपदबासी पहिले आफ्नो खेतलाई सिञ्चन गर्न चाहन्थे । अत: दुबैको नोकर बीच झगडा भयो । यो झगडाको खबर दुबैको मालिकलाई भयो । तब दुबैजना सेना लिएर युद्ध गर्न आए । भगवान बुद्ध रोहिणी नदीको तटमा ध्यान गर्दै हुनुहुन्थ्यो । जब बुद्धले यो थाहा पाउनुभयो उहाँ युद्धमा तत्पर दुबै सेनाको बीच आउनुभयो ।
भगवान बुद्धलाई देखेर शाक्य र कोलिहरुले हथियार फालेर बन्दना गरे । भगवान बुद्धले दुबै राजालाई भत्रुभयो कि के कुराको झगडा हो ? राजाहरुले भने कारण हामीलाई थाहाछैन । भगवानले सोध्नुभयो फेरि कारण कसले जान्दछ ? सायद सेनापतिहरुलाई थाहा होला । सेनापतिहरुले उपसेनापतिहरुलाई इशारा गरे । उपसेनापतिहरुले सैनिकहरु तिर इशारा गरे । हुँदाहुँदा कुरा आखिर नोकरहरुकहाँ सम्मै पुग्यो । नोकरहरुले भने भगवान ! पानीको कारण । बुद्धले भत्रुभयो पानी त सदियौंदेखि बगिरहेको छ । पानीको कारण हुनै सक्दैन । नोकरहरुले भने पहिले कस्ले उपयोग गर्ने भत्रे कुरामा । बुद्धले भत्रुभयो पहिलो कि कारण पानीको कारण होइन । बुद्ध हाँस्नु भयो शाक्य र कोलिहरुको प्रधानहरुसँग सोध्नुभयो पानीको के मूल्य र मानिसको के मूल्य हो ? उनीहरुले भने पानीको त नाममात्र मूल्य छ र मानिस अमूल्य छ । बुद्धले भत्रुभयो फेरि सोच नाममात्रको मूल्यका लागि अमूल्यलाई मेटाउन हिँड्यौ । असारका लागि सारलाई गुमाउँछौ ?
दृष्टि बदलियो भने त सबै बदलिन्छ ।
व्याख्या बदलियो भने त सबै बदलिन्छ ।
सुख–दु:ख स्वयम्को
साधारणतया धारणा यो हुन्छ कि अरुले दु:ख दिइरहेको छ । यसको यो अर्थ हुन्छ कि अरुलेनै सुख दिन्छ । बुद्धको जीवनको एउटा घटना छ । बुद्धलाई कसैले गाली गर्यो । बुद्धले भत्रुभयो तिम्रो कुरा पूरा भैसक्यो भने म जान्छु है त ? त्यो व्यक्तिले भन्यो कुरा होइन म त गाली गरिरहेछु । बुद्धले भत्रुभयो मेरो लागि त यो कुरोनै हो । तिम्रो लागि गाली होला । यदि तिमी दशवर्ष पहिले आएको भए यो मेरो लागि गाली हुन्थ्यो । अब म अर्काका भूलका लागि आफूलाई दण्ड दिन चाहत्र, दुख पाउन चाहत्र । गाली गरिरहेछौ त तिमीनै जान, म बीचमा आउँदिन । त्यो व्यक्ति फक्र्यो तर रातभरी सुत्न सकेन । ऊ बिहानै माफी माग्न आयो । बुद्धले भत्रुभयो जुन मैले लिएकै छैन त्यसका लागि मैले कसरी क्षमा गर्ने ? तिमी जान, तिम्रो काम जान । दु:खी हुन चाहन्छौ भने त यो घटना पर्याप्त छ तर यदि यसमा पनि खुशि हुन चाह्यौं भने, दु:खी नहुन चाह्यौं भने त कोही अरुले बाधा गर्न सक्दैन । सीधा अर्थ छ कि अरुले न त दु:ख दिन सक्दछ न नै सुख । हामी आपैm आफ्नो मालिक बन्यौं भने त कुनै अरुले दु:ख दिनै सक्दैन । यसरी अरुको हातमा साँचो दियौं भने, आफ्नो स्वीच अरुलाई दबाउन दियौं भने तबनै अरुले दु:ख दिन सक्दछ ।
अर्कै गाउँको एकजना पहलमान गाउँमा आयो । पहलमानी युद्ध भयो । त्यो पहलमान हार्यो । सबैजना ऊदेखि हाँस्न थाले, सबैजनाले जोड–जोडले हाँसेर ताली बजाउन थाले तर त्यो पहलमान पनि जोड–जोडसँग हाँस्न थाल्यो । दर्शकहरु हाँस्न छोडिसके तर त्यो पहलमान हाँसिनै रहेको थियो । त्यो पहलमानले भन्यो म पनि हेरिरहेको थिएँ, ठूलो पहलमान बनेर घुमिरहेको थिएँ, खूब भयो चारैतिर चित । ऊ त पहलमाननै थियो तर त्योभन्दा ठूलो उसको फकीरीपन थियो । मस्ती थियो । ऊ अरुका कारण सुखी–दु:खी बनेनन्, नोकर बनेनन् ।
सुखको आशाबाट दु:ख
दु:ख तब आउँछ जब सुखको आशा गरिन्छ । सुखको आशा पनि आफ्नो नजिकैबाट हुन्छ । पतिबाट हुन्छ, पत्नीबाट हुन्छ, छोराबाट हुन्छ । यदि कुनै स्त्रीले नहेरी जान्छ भने त दु:ख हुँदैन तर पत्नीले नहेरी जान्छ भने दु:ख हुन्छ । यदि कसैको छोराले आफूलाई सम्मान दिँदैन भने दु:ख हुँदैन तर आफ्नो छोराले सम्मान गर्दैन भने दु:ख हुन्छ । पत्नीले दु:ख दिन्छिन् । पतिले दु:ख दिन्छ । मित्रले दु:ख दिन्छ अर्थात जो निकट छ उसैले दु:ख दिन्छ किनकी जो नजिक हुन्छ उसैबाट सुख प्राप्ति हुन्छ । प्राप्ति त हुँदैन आभास हुन्छ । जसबाट सुखको आशा गरिन्छ उसैबाट दु:ख प्राप्ति हुन्छ ।
दु:ख अपेक्षाबाट प्राप्त हुन्छ । जति ठूलो सुखको उपेक्षा हुन्छ, त्यतिनै टुट्दछ । अपरिचितबाट उपेक्षा हुँदैन त्यसकारण दु:ख पनि हुँदैन, दु:ख त परिचितहरुबाटै प्राप्त हुन्छ । यदि उपेक्षा छोड्यौं भने, सुखको आशा गरेनौं भने दु:ख हुनै सक्दैन । न बाहिरबाट सुख आउँछ, न त बाहिरबाटनै दु:ख आउँछ । दु:ख सुखको उपेक्षाको नै परिणाम हो । लाओत्सेले भत्रुभएको छ “मैले कहिल्यै सम्मान चाहिन त मेरो कसरी अपमान हुन सक्दछ ।”
दु:खबाट छुटकारा पाउनका लागि बुद्धले उपेक्षा एउटा कारगर उपाय भनेका छन् । उपेक्षाको अर्थ हो, न दु:ख प्राप्त हुन्छ न सुख प्राप्त हुन्छ । कुनै उपेक्षा नराख्नुको अर्थ उपेक्षा हो । उपेक्षामा जिउनेहरुलाई न कुनै चीज दु:ख दिन सक्छ न सुख । यो त साक्षीभावले जिउँछ ऊ त दुईटैलाई समदृष्टिले देख्दछ ।
दु:ख दिएनौं भने स्वत: सुख
दु:ख मानिसको मूल स्वभाव होइन अत: त्यस्तो घट्यो भने कठिनाइ हुन्छ, राम्रो लाग्दैन । यो कुनै एक व्यक्तिसँग हुँदैन सबै ब्यक्तिसँग हुन्छ । त्यसैकारण सबै धर्ममा भनिएको छ कि यस्तो कुनै व्यबहार अरुलाई नगर जो स्वयम् अरुद्वारा आफूले अपेक्षा नगरेको होस् । सीधा अर्थ यो हो कि यस्तो कुनै कार्य नगर जसबाट अरुलाई दु:ख होस् । विश्वका सबै प्राणी सुखसँग रहन चाहन्छन् तर साधारण मानिस आफ्नो लागि अलग्गै नियम बनाउँदछ र अरुका लागि अलग्गै । ऊ चाहन्छ कि सारा संसारलाई दु:ख भएपनि म सुख चाहन्छु । अरुलाई दु:ख दिन्छ आफ्नो सुखका लागि । प्रकृतिको नियम छ जे दिइन्छ त्यही फर्किन्छ । अस्तित्वमा कुनै सीमा छैन, सबै एक–अर्कासँग आधारित छ, जोडिएको छ तर गहिरो दृष्टि नहुनाका कारण सबै अलग–अलग लाग्दछ । जो कसैलाई दु:ख दिन्छ दु:ख उसैकहाँ फर्केर आउँदछ । त्यसैले त सबै वेद, कुरान, वाइवल, धम्मपद आदि ग्रन्थहरुमा सबैले एउटै स्वर्ण नियम दिएका छन् :— जो तिमी आफ्ना लागि चाहन्छौ त्योभन्दा बाहेक अरुका लागि नगर ।
तर मानिसको स्वभाव अलग्गै किसिमको छ । ऊ आफ्नो नजिकको व्यक्ति छोरा–छोरी या अरुप्रति अत्याचार पनि यसका लागि गर्दछ ताकि यसबाट उनीहरुलाई राम्रो होस् । आकाँक्षाहरुले अरुको पनि आफ्नो पनि जीवन सुखी हुँदैन बरु दु:खी बनाइन्छ सुखको छाप लगाएर । हिँसा यति गहन छ कि अरुलाई सुख दिने नाममा पनि सताउन सक्दछ । कसैलाई दु:ख दिन सक्दछ । त्यसैले भगवान बुद्धले भत्रुभएको छ :—“अतानं उपमं कत्वा न हत्रेय न घातये” अर्थात आफ्नो समाननै सबैलाई ठानेर नपिट अथवा न नै पिट्ने प्रेरणा देऊ । उहाँले भत्रुभएको छ यदि अरुलाई दु:ख दिइएन भने आफ्नो जीवनमा फूल फुल्न शुरु हुन थाल्दछ किनकी जीवन यस्तो हो कि अरुलाई दु:ख दिइँदैन भने आपैmनै सुख भएर आउँछ ।
दु:ख भोगाइले सुखको आभास
भगवान बुद्धले भत्रुभएको छ जसले वाल्यावस्थामा व्रम्हचर्यको पालन गर्दैन र युवावस्थामा धन कमाउँदैन उसले बृद्धावस्थामा चिन्ता मात्रै प्राप्त गर्दछ । एकदम अनौठो कुरो छ कि बुद्धले भत्रुहुन्छ धन कमाऊ अर्थात महत्वाकाँक्षी बन । पद होस्, धन एकत्रीत गर ।
एक यहुदी रबाईसँग एक गरीब व्यक्तिले आएर भन्यो कि म एकदम दु:खी छु, मलाई मर्ने आशिर्वाद दिनुस् । उसले भन्यो कि मेरो जीवन नर्क भइसक्यो । म नर्कमा जिइरहेको छु । एउटा सानो छाप्रोमा बसेको छु । वर्षामा छाप्रोमा पानी तपतप चुहिरहन्छ । त्यसैले म मेरी पत्नी, दुईटा बच्चा, मेरो सासु–ससुरा पनि बस्नुहुन्छ । त्यहीँ मेरो बुबाआमा पनि बस्नुहुन्छ । हिँड्ने पनि ठाउँ हुँदैन । त्यसमाथि चिडचिड र क्रोधको कुरो हुन्छ सधैं । नयाँ ठाउँ बनाउने पनि सामथ्र्य छैन । नरक छ नरक ! त्यसैले मर्ने आज्ञा दिनुस् । बूढो रबाईले भन्यो तिमीलाई रोक्दिन, केवल सातदिन मात्रै पर्ख । ऊसँग सोध्यो तिमीसँग कतिवटा बस्तुभाउ छ ? उसले भन्यो ६ वटा बोका, एउटा गाई, एउटा बाच्छो र एउटा कुकुर पनि छ । रबाईले भन्यो यसो गर कि यीसबै जनावरहरुलाई छाप्रोमा तिमीहरुसँगै राख । त्यो व्यक्तिले भन्यो कि हामी त त्यसै मरिरहेका छौं यिनीहरुलाई राख्यौं भने त उभिने पनि ठाउँ हुँदैन । रबाईले भन्यो केवल सात दिनको त कुरा हो नि । अनि तिमी मर । यत्ति त मान । सारा जिन्दगीमा तिमीले मेरो कुरा मान्यौ अब मर्नेबेलामा यसलाई पनि नटाल । त्यो व्यक्तिले भन्यो कि यसरी त सातदिन पनि बाँचित्र । त्यो बूढोले भन्यो कि मर्ननै चाहन्छौ भने मरिनेछ भनेर किन चिन्ता गर्ने ?
घर पुगेर उसले सबै कुरा भन्यो । सबैले बिरोध गरे । उनीहरु पनि रबाईकहाँ गए । रबाईले भन्यो कि हो मैलेनै भनेको हो, उसलाई यो गर्न देऊ । त्यसताका जब रबाई भन्दछ त गर्नुपर्ने हुन्छ । सबै जन्तुहरुलाई भित्रै राखियो । सातदिन महिनौंको वर्षौको नरक बन्यो । सातदिन पछि त्यो व्यक्ति रबाईकहाँ आयो । रबाइले भन्यो अब मर्नुभन्दा पहिले ती जन्तुहरु सबैलाई छाप्रोबाट निकाल । रबाईले दुई–तीनदिन प्रतिक्षा गर्यो । त्यो व्यक्ति फर्केर नआएकोले रबाईनै उसकहाँ गयो । के हो ? के छ तिम्रो बिचार ? मर्ने होइन त ? उसले भन्यो छाप्रो त्यही हो । अब यत्ति धेरै ठाउँ देखिन्छ, यस्तो आनन्द कहिल्यै देखेको थिइन । सबैमा प्रेमभाव बढिरहेको छ । अब को मर्छ र ! सबै तिम्रै कृपा रहेछ ।
दु:ख सघन भयो, फेरि अनुभव भयो सुखको, जस्तो स्थितिमा छ त्यस्तै स्थितिमा । यहाँ दु:खले पनि दीशा दियो, सुखको अनुभव गरायो । जीवनमा दु:ख पनि जरुरी छ, सुखको आभासको लागि ।
दु:खको निवारण छ
भगवान बुद्ध जेतवनमा बस्नुभएको थियो । उहाँसँग पाँचशय भिक्षुहरु पनि बसिरहेका थिए । उनीहरु आंशसालामा बसेर रात्रिमा कुरा गरिरहेका थिए । उनीहरुको कुरा साधारण व्यक्तिको जस्तो थियो । बुद्धले मौन भएर त्यो सबै सुनिरहेका थिए । उनीहरु कुराकानीमा यत्ति तल्लिन थिए कि बुद्धलाईनै भुले । कोही भनिरहेका थिए फलानो गाउँको बाटो कति राम्रो, फलानो बाटो कति नराम्रो । फलानो बाटोमा छायाँदार बृक्ष छ, स्वच्छ सरोवर पनि छ । फलानो बाटो कस्तो बिग्रेको छ त्यसलाई भगवान्ले नै बचाओस् । कोही भनिरहेका थिए फलानो राजा पनि अद्भूत र त्यहाँको सेठ पनि अद्भूत र दानी । फलानो राजा कत्ति कञ्जूस त्यहाँको सेठ पनि कत्ति कञ्जूस त्यहाँ त भुलेर पनि कोही नजाओस् । यस्ता प्रकारका थुप्रै कुराहरु भइरहेका थिए । बुद्धले यो सबै सुत्रुभयो । चौंकिनुभयो, हाँस्नुभयो । भिक्षुहरुलाई नजिक बोलाउनुभयो । उहाँले भत्रुभयो भिक्षु भएर पनि बाहिरि मार्गको कुरा गरिरहेछौ । समय कम छ तर गर्ने काम धेरै छन् । बाह्यमार्गमा जन्मौं–जन्मौं भट्किरहेछौ, अझै थाकेनौ ?अन्तर्मार्गबाट सोच । सौन्दर्य त अन्तर्मार्गमा छ । शरण पनि खोज्ने भए त्यहाँ खोज किनकी दु:ख निवारणको त्यही मार्ग हो । उहाँले भत्रुभयो भिक्षुहरु — “ मग्गानुट्ठगिको सेट्टो ” अर्थात यदि श्रेष्ठमार्गको कुरा गर्ने हो भने आर्य अष्टाङ्गिकमार्गको कुरा गर । यो तिमीहरु कुन मार्गको कुरा गरिरहेछौ ? तब उहाँले “गाथा” भत्रुभयो । अनि “उर” भत्रुभयो अर्थात भित्र आउने थुप्रै मार्ग मध्ये आठअङ्गको मार्ग श्रेष्ठ छ ।
भगवान बुद्धले दु:ख निरोधका आठ सूत्रहरु दिनुभयो ।
पहिलो सूत्र ( सम्यक दृष्टि ) :– अर्थात जस्तो छ त्यस्तै हेर्नु, आफ्ना धारणहरुद्वारा हेर्ने होइन । आँखा निर्दोष होस् जस्तो ऐना खालि होस् । यदि ऐनामा धुलो लागेको छ भने, अथवा कुनै रङ्ग लागेको छ भने अथवा केही पोतिएको छ भने त जुन कुरा सत्य हो त्यो ऐनामा देखिँदैन । सम्यक दृष्टिको अर्थ हो सबै दृष्टिहरुबाट निष्पक्ष ।
दोस्रो सूत्र ( सम्यक सङ्कल्प ) :–यसको अर्थ हो जुन गर्न योग्य छ त्यही गर र त्यसैमा पूरै जीवन लगाइदेऊ । कुनै अहंकारका कारण नगर । त्यही सम्यक सङ्कल्प हो । त्यस्तो सङ्कल्प जुन बोधद्वारा होस् । जीवनको प्रौढताद्वारा होस् । क्षणिक उत्साह, मानिसहरुले के भन्लान् यस भावनाद्वारा नहोस् । जसमा बाहिरी उत्साह नहोस्, आन्तरिक उत्साह होस् ।
तेस्रो सूत्र ( सम्यक वाणी ) :–जस्तो छ त्यस्तै गर । आफ्नै मिलाएर, बदलेर होइन । यस्तो होइन कि भित्र केही छ बाहिर केही । वाणीमा हृदयको सही अवस्था प्रकट होस् । जुन बोल्नु छ त्यही–त्यही बोल । धेरै नबोल जुन विना पनि चल्दछ, जति आवश्यक छ त्यति बोल । धेरै बोल्नाले धेरै समस्या उब्जाउँछ, जीवन व्यर्थको जालमा फस्न पुग्दछ ।
चौंथो सूत्र ( सम्यक कर्मात ) :–अर्थात त्यही गर जो हृदयले गर्नलाई भन्छ । यस्तो गर्ने होइन कि कसैले गर भन्छ । त्यही गर जुन गर्न योग्य लागोस् । व्यर्थ काम होइन, त्यही काम गर जसले जीवनमा सार मिलोस् । व्यस्त रहनु, केही न केही गरिरहनु जरुरी छैन । त्यही गर जुन जरुरी छ । त्यसैलाई बुद्ध सम्यक कर्म भत्रुहुन्छ ।
पाँचौं सूत्र ( सम्यक आजीव ) :– आजीवको अर्थ आजीविकासँग छ । रोटी त कमाउने हो तर आजीविका सम्यक हुनुपर्दछ । विध्वंसात्मक नभएर सृजनात्मक हुनुपर्दछ र जीवनलाई परमात्मातर्फ लिएर जाने हुनुपर्दछ । बुद्ध भत्रुहुन्छ आफूलाई जिउनुका लागि अरु कसैको जीवन नष्ट गर्नु अनुचित हो । आजीविका यस्तो हुनुपर्दछ जसबाट कसैको अहित नहोस् । यदि कोही अरुलाई अहित गर्दछ भने त उसले आफ्नै अहितको बीउ रोप्दछ ।
छैठौं सूत्र ( सम्यक व्यायाम ) :– यहाँ व्यायामको अर्थ श्रमबाट सम्यक श्रम न त आलस्य न त अति कर्मठता हो, जहाँ कहिल्यै दौड रोकित्र । दुइटैको बीचको मार्ग हो सम्यक मार्ग । सम्यक व्यायाम जहाँ जीवनको उर्जा सन्तुलित होस् ।
सातौं सूत्र ( सम्यक स्मृति ) र आठौं सूत्र ( सम्यक समाधि ) :–सम्यक स्मृति त्यो हो जसद्वारा ज्ञानलाई हेर्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिश गर्नु । अर्थात मन बन्द होस् र होश बाँकी रहोस् । “जागृत भएर आनन्दित हुनु ” त्यसैलाई बुद्धले सम्यक समाधि भत्रुभएको छ । अन्तिम दुई चरण सबभन्दा महत्वपूर्ण छन् । सातौं सूत्र सम्यक स्मृति परिधिमा र आठौं सूत्र सम्यक समाधि केन्द्रमा । परिधिमा होश होस् र अनि केन्द्रमा पनि होशको ज्योति बल्यो भने त्यो नै सम्यक समाधि ।
दु:ख निरोधको अवस्था
जब यो निश्चय भयो कि जीवन छ भने त दु:ख अवश्यम्भावी छ । फेरि कारणमा विचार गर्यौं र कारण हटाउनका लागि अष्टाङ्गिक मार्गको अनुसरण गरेर सातौ–आठौं सूत्रसम्म पुग्यौं भने त निदान भयो, उपाय भयो, मेटियो तब चौंथो आर्यसत्य सुखको अवस्था आयो । यसलाई निर्वाणको अवस्था महासुखको अवस्था जे पनि भत्र सकिन्छ । यो अवस्थामा आइसकेपछि मानिसको सबै तृष्णा समाप्त हुन्छ त फेरि उसले फर्केर जन्म लिएर यस संसारमा आउने कुनै कारण बाँकी रहँदैन । जसै–जसै दु:ख समाप्त हुँदै जान्छ संसारको यात्राको समाप्तितिर दोरिँदै जान्छ । फेरि व्यक्तिको जीवनको आखिरि यात्रा हुन्छ । एकपटक दु:ख निरोधको अवस्था या महासुख उपलब्ध भएपछि शरीर छोडिसकेपछि ऊ कहिल्यै फर्केर जीवनमा आउँदैन । ज्योतिमा ज्योति मिलिदिन्छ । अर्को शब्दमा त्यही त निर्वाण हो । फेरि त्यहीनै त मोक्ष हो । जब ज्योतिमा ज्योति बिलुप्त हुन्छ त शूक्ष्म शरीरमा समाहित इच्छाहरु, तृष्णाहरु, अहङ्कारहरु, अस्मिता आदि जुन पुनर्जन्म लिने कारण बन्दछ ती नै रहँदैनन् भने त्यो आत्मा भौतिक शरीर समाप्त भइसकेपछि आवागमनबाट मुक्त भइजान्छ । आध्यात्ममा यो महासुखभन्दा बढी जीवनको अन्य कुनै उपलब्धि छ भनेर मानिएको छैन । यी चार आर्यसत्यको माध्यमबाट बुद्धले व्यक्तिलाई चरमसीमासम्म पुग्ने दीव्य दृष्टिको मार्ग देखाइदिनुभएको छ ।
अप्प दीपो भव
भगवान बुद्धले आफ्नो उपदेश मात्र कसैलाई पनि बाध्य पार्नुभएको छैन । स्वयम् अनुभव गरेर जात्रका लागि भत्रुभएको छ । जीवनको सत्य भत्रुभयो, रोगको उपचार दिनुभयो जसलाई लिएर लाटोले बोल्न सकेजस्तै अनेकौं व्यक्तिहरु दु:खबाट मुक्त भए । महासुखको अवस्था प्राप्त गरे । उहाँले बताउनुभएको मार्गलाई बुझौं, हृदयङ्गम गरौं । यो मार्गमा गयौं भने बुद्धले जस्तै जो कोहीले पनि त्यो स्थिति प्राप्त गर्न सक्दछ । बुद्धलाई महामानव, भगवान, अलौकिक शक्तिले युक्त भनेर आफूलाई असमर्थ मान्यौं भने त आफूलाई धोका दिएर हामी मानिसको गरिमालाईनै कम गरिरहेका हुन्छौं जसलाई बुद्धले जीवनलाई सार्थक बनाउनका लागि “अप्प दीपो भव” को उपदेश दिनुभएर शिखरमा पुर्याउनुभएको छ । यो जन्म त अनन्त जन्महरु मध्ये अगाडिको अध्याय हो । यात्रा यदि चालू रहोस्, कदम बढिरहोस् दिशा यदि सही सङ्कल्प र होश बढाउनुतिर छ । हरेक मानिसले आफ्नो भित्र लुकेको दीब्यतालाई चित्रे र सही दिशामा जानुमा छ । भगवान बुद्धले त मानवमात्रको कल्याणका लागि जीवनको सत्य उद्घाटित गर्नुभएको हो ।
समाप्त
सन्दर्भ पुस्तकहरु :-
१) यस धम्मो सनतनो— ओशो ( हिन्दी )
२) महान सल्लेख सूत्रोपदेश — अग्गमहापण्डित महोपकारक महास्थविर महाशी सयादा ( नेवारी )
३) Buddhism of Wisdom & Faith— "Tam" Dharma Master of Taiwan Thich-Thien ( अङ्ग्रेजी )
४) आधुनिक विज्ञानको दृष्टिमा बुद्धधर्म — ज्ञानज्योति कंशाकार र लक्ष्मीप्रभा कंशाकार ( नेपाली )
५)उत्तर प्रदेशमे बौद्धधर्मके विकास — दत्त नलिनाक्षी ( हिन्दी )
६) सम्यक संस्कार — भिक्षु सम्यक सम्बोधि प्रौणपुत्र ( नेवारी )
७) बुद्ध र उहाँको शिक्षा — महेन्द्र कुमार शाक्य ( नेपाली )
८) गौतम बुद्ध — वसन्त महर्जन ( नेपाली )
९) बुद्धको आत्मकथा – बसन्त महर्जन ( नेपाली )
१०) शाक्य— प्रणयपासा ( नेपाली )
११) बुद्ध र बुद्धवाद — अग्गमहापण्डित महोपकारक महास्थविर महाशी सयादा ( नेपाली )
१२) बुद्ध सम्बन्धि बिभित्र पत्र–पत्रिकाहरुमा प्रकाशित नेपाली, नेवारी, एवम् हिन्दी लेखहरु
नोट :- यो लेख बुद्धजयन्तीको विशेष लेख अन्तर्गत स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र बिचार प्रधान साँस्कृतिक पत्रिका "साप्ताहिक अमलेख" मा २०६९ बैशाख १८ गते सोमबार प्रकाशित भइसकेको छ ।