आज जिन्दगीमा पहिलो पटक मलाई हारेको महशुस भयो । हुन त धेरै पटक म धेरै कुरामा असफल हुँदै आएको उदाहरण होलान र सबैजनाको यस्ता कैयौँ उदाहरण हुन्छन् । यदि सफल भैदिएको भए त्यो आत्मबृतान्त बनेर पुस्तकमा सजिलै भेट्न सकिन्छ तर असफ उदाहरणको महत्व नै कहाँ हुन्छ र ? तर कुनै घट्ना यस्तो हुँदा रहेछन् जसले भित्रै देखी हार हार भन्ने आवाज सहित हारेको खतरनाक चोटको महशुस हुँदो रहेछ । आज मलाई साँच्चै हारेको अनुभव भएको छ । हार के हो मैले आज भित्रबाट अनुभव गरेको छु ।
म हारेकोमा कसैको नजाँनिदो जित छ त्यहाँ । तर यो जित त्यस्तो खाले जित हो जसले उसलाई तत्काल जितको आनन्द त देला तर उसलाई पनी थहा नहोला की यो उसको पनि अप्रत्यक्ष रुपमा ठुलो हार हो यो । यो जितको लागी उसले जिन्दगीमा ठुलो कुरा दाउमा राखेको छ ।
आज शुक्रवारको दिन वि.सं. २०७२ शालको वैशाख महिनाको ४ गते । मेरो चाहना थियो कि म भोली माता तिर्थ औशीँको दिन आमाको मुख हेरेर मेरो दिनको शुरवात गरौँ भन्ने । तर आज एक दुई जना दुःखी आत्माको कारण बाट मेरो यो चाहना सफल हुन पाएन । खैर म यो घट्नालाई त्यस्तो धेरै विश्लेषण गरी रहन सक्दिन पनी र चाहन्न पनी ।
सानो छँदा लाग्थ्यो कि पैसा जाबो कुरा ठुलो भएपछि मनग्गै कमाएर म यसो गर्छु म त्यसो गर्छु । बिस्तारै उमेर बढ्न थाल्यो , फेरी यो समय भन्ने कुरा कस्तो तिलस्मी हुँदो रहेछ भने बितेको त थाहा नै नहुने । कति खेर लगेर कुन मोडमा नराम्ररी पच्छार्छ नपच्छारीन् ज्याल सम्म थाहा नहुने र पच्छारी सकेपछीको त्यो मुर्मुर्याउदो पिडाले जब पिडित भईन्छ तब यो संसार कि त बिरानो जस्तो लाग्छ , कि त धेरै नै प्यारो । जसलाई संसार बिरानो लाग्छ त्यो ब्यक्ती यो संसारमा टिक्न सक्दैन र जसलाई संसार प्यारो लाग्छ उसले यो संसारमा बिरानो ब्यक्तीलाई टिक्न दिँदैन ।