म गरीबी र अभावको असहय पीडा ले कराइ रहेछु,
तर पनि म भित्र संतोष छ;म भित्र मुस्कान छ ।
वेरोजगारी र असाक्षर्ताको मार पनि खेपेकै छु,
तर पनि म भित्र इच्छाशक्ति र पौरख छँदै छ ।
म नातावाद र कृपावादको जड्मा जकडिएको छु,
तर पनि म भित्र भाइचारा र सद्भाव छ ।
म चाप्लुसी र चाकडीको रोग बाट पीडित छु,
तर पनि म भित्र काम र कर्तव्यको वोध छ ।
म छुवाछुत र कुरिति ले कलङ्कीत छु,
तर पनि म भित्र धर्म र संस्कृतिप्रती को आदर छ
म अधिकार र कर्तव्यको खिचातानी मा अल्झेको छु,
तर पनि मभित्र विवेक र कर्तव्यबोध छ ।