आजभोली विश्वको अन्त्यका बारेमा बजारमा धेरै नै हल्ला र चर्चा सुन्न पाईन्छ । यसमै आधारित कयौं documentry र फिल्म ( Film ) हरु पनि बनेका छन् र कति त बन्दै पनि छन् रे । यस्तै एउटा documentry हेर्दै थिएँ म पनि । त्यतिकैमा मेरो बुबा आउनुभयो र मैले हेरेको documentry को बारेमा जिज्ञाशा राख्नुभयो र मैले पनि सकेजति सूचना दिएँ र मेरो बुबाले यसको बारेमा पहिले नै सुनेको र यसको चर्चा मेरो गाउँमा पनि भएको थियो भन्नु भयो । म एकछिन त आश्चर्यचकित भएँ । मेरो गाउँ धेरै नै बिकट छ र मैले त सोंचेको थिंए कि यस्तो हल्ला काठमाडौँ लगाएतका शहरहरु या भनौ सूचना-प्रबिधिको पहुँच भएको ठाउँमा मात्रै चलेको छ । तर होइन रहेछ, यो हल्ला त महामारी रोग जस्तै निकै छिटो पो फैलिएको रहेछ । त्यसैले मैले पनि यसको बारेमा Google मा केहि खोज्ने प्रयाश गरें र अंग्रजीमा त धेरै नै लेखहरु पाएँ तर मेरो बुबालाई पनि देखाउने रहर भएको र उहाँले अंग्रजी बुझ्ने भए पनि नेपाली मै पढ्न मन पराउने भएकोले मैले नेपाली मै type गरेर Google मा फेरी खोजें र नेपालीमै लेखिएका लेखहरु पनि प्रसस्तै भेटियो । अब बल्ल मैले महसुस गरें कि यो बिषय त निकै नै चर्चामा पुगिसकेको रहेछ र यस बिषयमा थोरै कुरा राख्न मन लाग्यो मलाई पनि ।
केहि बर्ष यता पृथ्वीको या भनौ मानव सभ्यताको अन्त्य सन् २०१२, December २१ मा हुन्छ भन्ने हल्लाले बजार तताएको छ । कुनै पनि हल्ला वा चर्चाको पछाडी केहि न केहि कारण हुन्छ । त्यस्तै यो बिषयमा यति धेरै चर्चा हुनुको पछाडी पनि धेरै नै कारणहरु छन् । र मानव सभ्यताको अन्त्य हुने दिन नै तोकिनुको कारण चाँही Mayan क्यालेण्डर अर्थात् माया सभ्यताको क्यालेण्डर नै हो जुन क्यालेण्डर सन् २०१२, December २१ मै गएर समाप्त हुन्छ । भनिन्छ यो क्यालेण्डरमा २००० बर्ष भन्दा बढीको समय, तिथि , मिति, घटनाहरुको जानकारी ठ्याकै मिल्ने गरी राखिएको छ । तर बिडम्बना भनौ कि के भनौ, यो क्यालेण्डरमा सन् २०१२, December २१ पछिको केहि जानकारी रहेको छैन । माया सभ्यताका मान्छेहरुको ज्ञानको सिमा धेरै नै थियो भनिन्छ । उनीहरुले आकाशको ताराहरुको अध्यन गरेर धेरै कुरा पत्ता लगाएका थिए र ति सबै कुरा मिल्न गएको छ । त्यसैले पनि धेरैले के अनुमान लगाएका छन् भने माया सभ्यताको मानिसहरुलाई मानव सभ्यताको अन्त्यको बारेमा पूर्व-जानकारी भएकोले उनीहरुले आफ्नो क्यालेण्डरमा त्यसपछिको तिथि मिति नै नराखेको हुन सक्छ । तर म आफु एउटा नेपाली भएको नाताले चाँही मलाई यो कारण त्यति भरपर्दो लागेन । हाम्रो देशमा आउने बर्षको क्यालेण्डर पाउनलाई त चैत्र नै पर्खिनु पर्छ भने ति मान्छेहरु त धन्य हुन् जसले २००० बर्षको क्यालेण्डर निकाले । उनीहरुले पनि कति आफुलेमात्र निकाल्ने ? भाबी पुस्तालाई पनि केहि गर्ने मौका दिनुपर्छ भनेर छोडेको पो हो कि? यो Mayan क्यालेण्डर कस्तो हुँदो रहेछ भनेर मलाई पनि हेर्न मन लाग्यो र फेरी यसो Google मा गएर " Mayan Calender " type गरेर हेरेको त तस्बिर त यस्तो पो भेटियो: