एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए ।
अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए ।
उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।