आँशु छल्कियो रोक्नै नसक्दा !
पिडा बल्कियो बोक्नै नसक्दा !
संसार हाँस्छ तिम्रो दु:खमा !
हाँसो ले आँशु छोप्नै नसक्दा !!
हाँसो र आँशु को संगम जीवन !
पिडा मा खुशी रोप्नै नसक्दा !!
निलु वा ओकलु बिच्मा अड्कियो !
घाँटी मा बिझायो टोक्नै नसक्दा !!
आँशु छल्कियो रोक्नै नसक्दा !
पिडा बल्कियो बोक्नै नसक्दा !
संसार हाँस्छ तिम्रो दु:खमा !
हाँसो ले आँशु छोप्नै नसक्दा !!
हाँसो र आँशु को संगम जीवन !
पिडा मा खुशी रोप्नै नसक्दा !!
निलु वा ओकलु बिच्मा अड्कियो !
घाँटी मा बिझायो टोक्नै नसक्दा !!
मनमा रह्यो अधुरो चाहना ।
भेट्न आउनु गरेर बाहना ।।
पर्खिराखे डाडाको चौतारी ।
छोडी मलाई अर्कीलाई नछान ।।
तिम्रो नाम जप्दैछु रातदिन ।
पिडा मनको हटेछ नठान ।।
मुटुभित्र तस्बिर टासेर ।
बचनको बाण मलाई नहान ।।
उड्छ मन हावा सरी मनमा पिडा हुँदा !
छोएकोछ छाती भरी मनमा पिडा हुँदा !!
कुल्चिएर लत्याएको फोहोर भएँ आज !
मुटुभित्रै काँडा छरी मनमा पिडा हुँदा !!
समयको जन्जालमा जेली'ई गयो वैश !
भाग्यले नै छल गरी मनमा पिडा हुँदा !!
जीवन जिउन नजानेरै रुनु पर्ने हो कि !
सदावहार आँशु झरी मनमा पिडा हुँदा !!
स्वार्थ रैछ त्यो बोलीमा मैले साँचो माया ठाने !
हिजै भेटेको खोलीमा मैले साँचो माया ठाने !!
भमरा झैं रुपमै लट्ठ चहारी हिन्छौ धेरै !
कति अट्छन् त्यो झोलीमा मैले साँचो माया ठाने !!
काम नलाग्ने रैछ भनि टाढा भएनि तिमी !
हुनेछु तिम्रै टोलीमा मैले साँचो माया ठाने !!
मिल्काएर हिड्छौ अरे फोहोरको डुंगुर् भित्र !
माया आज र भोलिमा मैले साँचो माया ठाने !!
क्षणिक हाँसो हाँसेर के गर्नु जीवन भरी रुने भए ।
सम्झना संधैं साँचेर के गर्नु जीवन भरी रुने भए ।।
पागल पन, मुटुको धड्कन आउछ याद घरी घरी
दु:खी जीवन बाँचेर के गर्नु जीवन भरी रुने भए ।।
बिरही मनले गरे नि माया साँचो गरे अटुट हुन्छ ।
क्षणिक माया गाँसेर के गर्नु जीवन भरी रुने भए ।।
तड्पीएर बस्नु पर्छ यहाँ वियोगमै पलपल मरी ।
चाहत सारा माँसेर के गर्नु जीवन भरी रुने भए ।।
आदर्शका भाषण छाट्नेहरु नेता भए !
दुनियाँथरी कुरा काट्नेहरु नेता भए !!
खोक्रो आडंवर भित्र समाजका घुन भै!
जनताका रगत चाट्नेहरु नेता भए !!
निर्दोष ति गरिव जनतालाई मारेर !
संबिधान् आयो भन्दै ढाट्नेहरु नेता भए !!
निमुखा जनताको रगतको होली खेली !
महलको सपना साट्नेहरु नेता भए !!
चांहिदैन माया भन्दै थर्काएर गयौ आखिर !
आलो घाऊमा नुनचुक् छर्काएर गयौ आखिर !!
तड्पी तड्पी मरे भने खुशी हुँदै बस्नु तिमी !
साँचो माया हैन भनी लर्काएर गयौ आखिर !!
तिम्रो दोष छैन सानु माया गर्नु मेरै गल्ती !
खराब छ मेरो छाती चर्काएर गयौ आखिर !!
पाउने भए मूल्य कति धनी हुन्थेँ होला म !
आँशुको मुल् बनी आज दर्काएर गयौ आखिर !!
काखमा बसी रुन मन लाग्यो आमा !
तस्बिर तिम्रो छुन मन लाग्यो आमा !!
सबैको सामु गर्वले शिर उठाई !
अशल छोरी हुन मन लाग्यो आमा !!
भिज्छ परेली यो तिम्रो यादमा संधैं !
मनको बह फ़ुन मन लाग्यो आमा !!
बेदनाको पोको बोकेर आऊछुं सधैं !
आँशुले मुहार धुन मन लाग्यो आमा !!
भाग्यले किन छल्दैछ अचेल ।
मनभित्र आगो बल्दैछ अचेल ।।
आफन्त पनि पराइ बन्दा ।
हृदय मेरो गल्दैछ अचेल ।।
जो आफ्नो लाग्छ उही पर हुँदा ।
आशहरु सबै ढल्दैछ अचेल ।।
धमिलो देख्छु वर र पर ।
मुटुमा खै के चल्दैछ अचेल ।।
हारेर रुँदै बसेको छु आँशु दियो जिन्दगीले !
नयन धुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
कैले दु:ख कैले सुख जीवन खेल बैमानिको !
पिरले छुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
पीडाले मारी दिन्छ जिउंदै फुटे को भाग्य भित्र !
झरेर चुहुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
दिल तोडी चुडाएर घात दिईस दैव मलाई !
गर्वमै तुहुँदै बसेको छु आँशु दियो जिन्दगीले !!