मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो । साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले दुर्योधनको सामु आˆनो रूपको मात प्रदर्शन नगरेकी भए सायद महाभारतको युद्ध हुदैन थियो कि ? तर हामी चल्तीको भाषामा मात्तिनु भनेको मदिरा सेवन गरी बहकिनुलाई नै लिन्छौं ।
फेरि अहिलेको आधुनिक जमानामा कसैको जीवनयापनको औकात नाप्नु पर्यो भने उसको भोजमा राखिएको रक्सीको स्तरबाट परिचान गर्ने गरिन्छ तर यही मदिराले हाम्रोजस्तो गरिब मुलुकमा कतिको घर बरवाद गरेको छ, त्यसको तथ्याङ्क कुनै सरकारी वा गैह्रसरकारी सङ्घ-संस्थाले आजसम्म अध्यावधि गरेको दृष्टान्त भने भेटिादैन । हाम्रै कवि भूपि शेरचनले भने नि-"मलाई पिएकोमा गाली गर्नेहरू, एक पटक पिएर त हेर पिउन कति गाह्रो छ ।" हुन पनि हो जब मान्छेले रक्सी सेवन गर्छ, ऊ मान्छे नै रहिरहन्छ तर जब रक्सीले मान्छे सेवन गर्न सुरु गर्छ, तब उसको इज्जत, प्रतिष्ठा, मानवता सबै दाउ लाग्छ । त्यसैले होला पिउन गाह्रो भएको तर मलाई भने पिउने मान्छेप्रति ईष्र्या जागेर आउाछ । किनकि उनीहरू आफूले गरेका गल्तीको दोष कमसेकम रक्सीमाथि थोपर्न सक्छन् । आफू सजिलै उम्कन सक्छन् ।