तिम्रो यादले सताएर पिएको छु सानी,
मदिराको मादले मन सिएको छु सानी !
मस्तिष्कमा ज्वार चल्दा थाम्नै गारो हुन्छ,
उथलपुथल झेली धन्न जिएको छु सानी !
भावनाको तीव्र भेलमा पुल्टुङ्बाजी खाँदै,
ढुङ्गाजस्तै बगरका ती खिएको छु सानी !
यो संसारमा कति विघ्न मान्छ्यै मान्छे छन् !
दिलमै बस्न तिमीलाई दिएको छु सानी !