जगत् थर्काउँदै, गोली चलिरै'छ,
सुनेर आमाको, छाती जलिरै'छ !
कहिल्यै ननिभ्ने, बल्यो आगो कस्तो ?
देखेसम्म आगै-आगो बलिरै'छ !
मृत्युमाथि बुइ, चढेको छ मान्छे,
कर्कलो समानै, मन गलिरै'छ !
जिते के पाउने?हारे खै के गुम्छ ??
यता दाजु उता, भाइ ढलिरै'छ !
बग्नु बगेर नि, किन बग्छ रगत ?
कहिल्यै नबुझ्ने, केले छलिरै'छ ??