टाल्सटायले एउटा कहानी लेखेको थियो । पछि उनले त्यसलाई आत्मस्मरण पनि हो भनेर भने । किनकी टाल्सटाय आफै शाही परिवारका थिए ।
उनले लेखेका थिए । मेरी आमा म सम्झन्थेँ एकदम भावनाशील थिई । पछि मैले पत्ता लगाएँ उनमा भावना भन्ने कुनै चिजै थिएन । थिएटरमा उनको ४-४ रुमाल आँसुले भिज्दथ्यो । जब नाटक शुरु हुन्थ्यो , जब दुःख-ट्राजेडी हुन्थ्यो यत्ति धुवाँधारसँग रुन्थी कि नोकर रुमाल लिएर पर्खिरहनुपथ्र्यो । शाही परिवारकी थिई । तत्काल रुमाल फेर्नुपथ्र्यो ४-४ , ६-६ , ८-८ रुमाल एक नाटक एक थिएटरमा । टाल्सटायले भन्थे कि कत्ति भावनाशील छिन् मेरी आमा ।
उनले लेखेका छन् जब म ठूलो भएँ मैले थाहा पाएँ उनको बग्गी ६ घोडाको साथमा रोकिरहन्थ्यो । कोचवानले पनि वग्गीमै कुरीराख्नुपर्ने हुन्थ्यो थिएटरमा आएर मनोरञ्जन गर्छ कि भनेर । बाहिर हिउँ परिरहेको हुन्थ्यो तर कोचवानले बग्गी छोड्न पाउँदैनथ्यो । त्यस्तो अत्यन्तै जाडोमा नाटक सकिने समयसम्ममा कठ्याङ्ग्रिएर १-२ कोचवान मरिसकेको हुन्थ्यो । त्यो कोचवान त्यहीँ फ्याँकेर अर्को कोचवान मगाउँथ्यो र बग्गीबाट र्फकन्थ्यो ।