मानव कल्याणका लागि महामानव भगवान बुद्धको उपदेश जीवनको चार आर्यसत्य
भगवान बुद्धले संसारलाई जीवनको चार आर्यसत्य दिनुभएको छ । भगवान बुद्धको यो उपदेश सर्वकालका लागि उपयोगी सिद्ध भएको छ । यो मार्ग शुरु भएको ढाई हजार वर्षभन्दा बढी भइसक्यो तर उहाँले बताउनुभएको मार्ग त्यो समय पनि सटीक थियो, आज पनि छ र जबसम्म मानव रहन्छ तबसम्म रहनेछ । उहाँले मानवको स्वभाव र चेतनाको कुरा गर्नुभएको छ । श्रद्धामा होइन विज्ञानमा आधारित भएर । उहाँले एउटा जीवन–विज्ञान दिनुभयो । दर्शनशास्त्रको मात्र कुरा होइन रोग र मनोचिकित्साको कुरा गर्नुभयो । कसैमा आश्रित हुने कुरा होइन बरु स्वयम्मानै जागरण र होशमा महत्व दिनुभयो । इशारा गर्नुभयो र मार्ग स्वयम्ले खोज्नुभयो । उहाँको पूरै जोड यसमा थियो कि मनुष्यको पीडा कसरी हटोस्, त्यसको कसरी रुपान्तरण निकाल्ने ? र ऊ स्वयम्ले आनन्दरुपी स्वभावलाई चित्र सकोस् ।
त्यसैका लागि भगवान बुद्धले चार आर्यसत्यको घोषणा गर्नुभयो ।
१) दु:ख छ, मानिस दु:खी छ ।
२) मानिसको दु:ख उसको दु:खी हुनाको कारण हो । दु:ख अकारण त हुँदैन ।
३) दु:खको निदान छ, दु:खको कारणलाई हटाउन सकिन्छ । दु:ख हटाउने साधनहरु छन् । त्यो नै आनन्द पाउने साधन हो ।
४) दु:ख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ जब दु:ख रहन सक्दैन । दु:खबाट मुक्त हुने पूरै सम्भावना छ ।
जीवनमा दु:ख छ ।