अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै । लाग्नु स्वभाविक हाे । यही महिना यही दिन मेराे खुसी लुटिएकाे थियाे । करिब ४ बर्ष हुँदाे हुँ । मलाई अामाबाट एक्लाे बनायाे । उडिरहेको चरा सिकारीले मार्याे भने बिचैमा यात्र राेकिन्छ । बचेराहरू टुहुरा हुन्छन् । तेस्तै मेराे अामाकाे मरणले मेराेअामाकाे सपना अधुराे बनायाे । अनि उन्का सन्तानहरू पनि टुहुरा भए । मलाई अलिअलि याद छ टुटेफुटेका भए पनि । अघिल्लो दिन अामा कामले थाके जस्तै थकित हुनु भएकाे थियाे । तर मलाई थाहा थिएन अामा बिरामी हुनु भयाे हाे भन्ने कुरा । याे बाल मस्तिष्कले थाहा पाउने अबस्था भै सकेकाे पनि थिएन । मलाई भाेक लागेकाे थियाे अामाकाे दुध नखाई नहुने । म लुला गाेडा ताते ताते गर्दै अामाकाे छेउमा गए । अामाले मेरो खुसीकाे लागि सहजै दुध चुसाउन राजि हुनु भाे । म खुसी भएँ । मलाई देख्न साथै बाबा अाएर अामाकाे छातीबाट छुटाउनु भाे । अाफ्नाे अंगालोमा राखेर रुनु भयाे । कैले नरुने मेराे बाबा राेएका देखेर यस्ताे लाग्याे कि अाज मेराे बाबा पनि मजस्तै बच्चा हुनु भयाे । अघि पछि मैले दुध खाँदाखाँदै दुध छुटाएर बाबाले हातमा खेलाउन ल्याउदा अामा कराएर भन्नु हुन्थ्याे । अघाउन्जेल दुध त खाना दिनुस् कस्ता लाेग्ने मान्छे हुन् । रुवाउन मात्र जानेकाे । ए बुढा तपाईलाई याे सानु बच्चालाई नरुवाई चित्त बुझ्दैन है ! भन्ने तिनै अामा त्याे दिन तेस्ताे केही भन्नु भएन । मलाई यस्ताे लाग्याे अाज अामा मदेखी रिसाउनु भएछ । किन रिसाउनु भयाे मलाई थाहा थिएन । घरमा मान्छेकाे भिड हुन थाल्याे । यस्ताे भिड त मैले तेतिबेला सम्म देख्न पाएकाे थिएन । म याे कुरामा खुसी थिएँ । यति धेरै मान्छे मेराे बालअाँखाले पैल्हाे पटक देखेकाे थियाे । तर ति मान्छेहरू अामालाई देखेर भन्दा पनि मलाई देखेर रुनेहरू धेरै थिए । मलाई थाहा थिएन किन राेइरहेका छन् यि मान्छेहरू । मलाई लाग्थ्याे मजस्ताे बच्चा त हैनन् तापनि म राेए जस्तै रुन्छन् । ठूलाठूला मान्छेहरू रुँदैनन् जस्ताे लाग्थ्याे तर रुँदा रहेछन् । जति म रुँदा मलाई सुहाउथ्याे तेति ति मान्छेहरूलाई सुहाएन । म रुँदा मेराे अावाज चराकाे अावाज जस्तै निस्कन्थ्याे तर ति ठूला मान्छेहरूको अावाज भाेकाएका निल गाई ड्वाँ ड्वाँ कराए जस्तै निस्कन्थ्याे । भनाैँ कि जस्ताे पनि लाग्थ्याे । तपाईहरू नरुनु । तपाईहरूले राेएकाे पटक्कै सुहाएन । मलाई जस्तै रुन पनि अाएन । म त चरा जस्तै रुन्छु । मलाई छुने ति मान्छेहरूकाे हत्केला खस्रा लाग्थ्यो । तर अामाकाे ठेला उठेकाे हात मलाई कपास जस्तै नरम लाग्थाे ।
मेराे कलिला गाला नछाेए हुन्थ्यो जस्ताे लाग्थ्यो । तर मुसार्थे । मायावी देखाउथे । किन किन मलाई तिनीहरूको हात बालुवा जस्तै खस्रा लाग्थे । तेतिबेला ति मान्छेहरूले नराै बाबु भने । राे जति सक्दाे राे याे रुने समय हाे भनेनन्। अनि तिमी किन राेयाै बाबु भनेर कसैले भनेनन् । अझै पनि मेराे मनमा यस्ता प्रश्नहरू खेलिरहेका हुन्छन् हृदयकाे मैदानमा ।