तिमीलाई नसम्झी नै कुनै रात काट्या छैन
तिम्रै लागि साच्या मुटु अन्त कतै साटया छैन l
सम्झनामा तिमीलाई संगालेर सधै राखें
जतनले राख्या तिम्रो माया अझै फाट्या छैन l
सत्य सत्य झुट्टा कुरा मैले कैले गर्या छैन
कसमको कुरा गर्छौ किन मैले ढाट्या छैन l
बिपनीमा तिम्रै छाया तस्विर नि तिम्रै देख्छु
सपनीमा पनि कसै सित प्रिती बाट्या छैन l