पड्कन्छन् मेरा उत्तेजित कविताहरु
राजधानीका ढलहरु सगै ह्वास्स
सभ्यताका खोक्रो आडम्बर संगै
भत्काऊछ सभ्यता आवेगमा
सोभियत महाद्धिप झैँ
मेरो कविता l
जान्दैन मेरो कविता कहिल्यै
बर्लिनका पर्खालहरु भत्काई समालिन
बरु चर्किन्छ हाँडी झैँ उत्तर र दक्षिण कोरिया झैँ
मेरो कविता l