झुक्दै छ आकाश अनि भासिदैछ धर्ती आज
हराएको मर्यादा संगै गुम्दैछ अब लाज
सामाजिक मन्यता त रुडिबादमा पुरिएछ
आधुनिक भेलबाडिले पुरिदै छ नेपल आज
छोटिएछन् फरिया अनि हराएछन् चोलि आज
दौरासुरुवाल् मसिएछन् उड्यो शीरको टोपि आज
पसिना नि गनाउने रे अत्तरले भिजेपछि
पहरो चड्ने वीरलाइ पाखे भन्दा लाग्ने लाज