जिंदगी नै झरी जाने पात भएपछि ।
संगै मर्ने संगै बाँच्ने बात भएपछि ।।
लहलह झुल्दै बास्न छरी फुल्ने प्रित ।
अधुरो भो हृदयमा घात भएपछि ।।
लेखान्ताले मात्र हुने संसारको रित ।
बांधा लायौ मतलाको जात भएपछि ।।
बेवारिसे लास भए बाँचू या मरुँ म ?
अध्याँरोमा फसे दिन्मै रात भएपछि ।।