हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त "
पारी गाउँको भैरे माघे संङ्ग्रातीको बिहानै मकर नुहाएर म आउँदै हुँदा तल्लो घर फुपुको गोठ नजिकै मलाई सोध्यो ।
आफ्नै पारामा के के सोची रहेको बेला मैले केही भन्नु सकिन ।
केही बेर पछी " होइन के पो भनिस हौ भैरे !," मैले बिस्तारै भने
"बुद्धिमानी र बिद्धान मान्छेले एती पनि नजाएको सुहाएन है कान्छा दाई " भैरे ले चर्किएर भन्यो
"लु आएन नि त ,भन त के हो " मैले भैरेलाई अनुरोध गरे ।
भैरे खिस्स हाँस्दै बोल्यो ," जोडी ढुकुर - प्रेमको प्रतिक हो दाजु !"
मैले यसो सोचे भैरे ले सही कुरा गर्यो । मेरो मनमा उस्को कुराले गहिरो छाप पार्यो । उस्को अगाडि मलाई लजित हुनु पटक्कै मन परेन । मैले पनि