ङोलो अनि ङोलोस्यो रमाउदै होला
रोदिमा दोहोरी खाल जमाउदै होला
आयो ल्होच्छार यसपालीनी उसैगरी
आशीमाला भन्दै हात थमाउदै होला
एकातिर फ्रेसी अनि अर्कोतिर रिमइ
सोरठी भाकामा छम छमाउदै होला
ङलाई भने सम्झनाले सताईराछ अति
क्योलाई पनि यादले समाउदै होला
ङोलो अनि ङोलोस्यो रमाउदै होला
रोदिमा दोहोरी खाल जमाउदै होला
आयो ल्होच्छार यसपालीनी उसैगरी
आशीमाला भन्दै हात थमाउदै होला
एकातिर फ्रेसी अनि अर्कोतिर रिमइ
सोरठी भाकामा छम छमाउदै होला
ङलाई भने सम्झनाले सताईराछ अति
क्योलाई पनि यादले समाउदै होला
उम्लिएको जवानी छाल देखेर
झन भन्दा झन बबाल देखेर
को चुप होला खै नामर्द बाहेक
मयुरको झै तिम्रो चाल देखेर
जब बिलाउछ यारमा जवानी
डराउछ यहा को काल देखेर
बोलाउन मात्र आउनेछु दौडि
भाग्दैन सोल्टि गेटपाल देखेर
बुझ्नै नसकिने दिल भित्रका कुरा
पछिबाट छुरि धस्ने मित्रका कुरा
नगरे कै बेश हुदा रै छन यहा त
स्वार्थमा रम्नेहरुसँग पवित्रको कुरा
बोलवाला उनकै भो शहरमा
जस्ले गर्छन जब विचित्रका कुरा
आफ्नै विवशतामा बाचिरहेछ
बुझ्दैन कसैले किन चित्रका कुरा
हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे
दिन दिनै शंशकित जिन्दगी बाचिरहेछ मान्छे
भोली काहा के हुने हो थाहा छैन कसैलाई
यस्तै यस्तै आतंकित जिन्दगी बाचिरहेछ मान्छे
रित्याउदै लादा खेरी भित्र भित्रै खोक्रो आदर्शले
विस्तारै त्यो संक्रमित जिन्दगी बाचिरहेछ मान्छे
के–के गर्ने कसो गर्ने भन्दा भन्दै बितेछ समय
पत्तै नभै अनिर्णित जिन्दगी बाचिरहेछ मान्छे
तिम्रै हुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
सगै रुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
मेरो हुनु रैन रैछ फेरी किन किन यस्तो
माया बुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
हर रात सपनीमा मैलाई नै सम्झिएर
फोटो छुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले
हिजोआज शहर भरि भेटिन्छन्
मुस्कानहरु थरिथरि भेटिन्छन्
साझ परेपछि भट्टिहरुमा हेर्नु
ठुला न साना सरोबरी भेटिन्छन्
प्रेम गर्न पनि नपाईने भो अब या
पार्क तिर गयो प्रहरी भेटिन्छन्
भन्नेहरुले त धेरै भनेका छन्
स्वर्ग कस्तो रैछ का नमरी भेटिन्छन्
सधै त यसरी का हुन्छ
भो अनेक थरि का' हुन्छ
देश चलाउने भन्दैमा
यस्तो मनपरी का' हुन्छ
माया त माया हो तैपनि
स्वीकार नगरी का' हुन्छ
काम गर्ने र नगर्ने बिच
फल बराबरी का' हुन्छ
हिजो आज अचाक्ली हुदैछ शहरमा
झन भन्दा झन स्वार्थ बढ्दैछ रहरमा
हुन पनि के–के भएन र यता तिर
हुदाहुदा मिसावट भए जहरमा
जस्तो पनि चल्छ भन्दै लेखिदिदा यहा
जाल झेल हुदैछ गजल कै बहरमा
भ्रष्टाचारले यतिसम्म सिमा नाघ्यो कि
अन्याय बढ्यो न्यायमूर्ती कै ठहरमा
सरकार उस्कै भो अचम्म
मारामार उस्कै भो अचम्म
जसले नक्कल गर्या थियो
दमदार उस्कै भो अचम्म
गल्ति गर्ने उ दुःख दिने उ
अंहकार उस्कै भो अचम्म
राजनीतीमा कमाई छैन रे
दरवार उस्कै भो अचम्म
रुप न बानी छैन जवानी
घरवार उस्कै भो अचम्म
खै किन हो कुनी नबेर्ने वाचा गरेकी छौ रे
अचेल मलाई नटेर्ने वाचा गरेकी छौ रे
धेरै कुरा भन्नु थियो तिमीलाई मन भरि
तर खै मलाई नहेर्ने वाचा गरेकी छौ रे
त्यति साह्रै ठुलो गल्ति गरे जस्तो लाग्दैननी
तै आफ्नो अडान नफेर्ने वाचा गरेकी छौ रे
म त भने तिम्रै तस्विर सजाउदै थिए तर
दिलमा तस्विर नकेर्ने वाचा गरेकी छौ रे