स्वार्थ पुरा गर्न यसै मर्नेहरु
कमी छैन यहा भ्रम छर्नेहरु
गरिबको नाङ्गो फोटो देखाएर
बिटो झारी आफ्नै झोली भर्नेहरु
फुर्ती हाक्छ अझै उनै जान्ने भई
लौरी बिर्सिएर खोली तर्नेहरु
हास्छ बोल्छ सगैं सुख पर्दासम्म
पछि छुरा धस्छ आफ्नै पर्नेहरु
स्वार्थ पुरा गर्न यसै मर्नेहरु
कमी छैन यहा भ्रम छर्नेहरु
गरिबको नाङ्गो फोटो देखाएर
बिटो झारी आफ्नै झोली भर्नेहरु
फुर्ती हाक्छ अझै उनै जान्ने भई
लौरी बिर्सिएर खोली तर्नेहरु
हास्छ बोल्छ सगैं सुख पर्दासम्म
पछि छुरा धस्छ आफ्नै पर्नेहरु
मुटु फोडि दियौ किन बैइमानी
नाता तोडि दियौ किन बैइमानी
कमी थियो धनको धनी थियो मनको
तर छोडि दियौ किन बैइमानी
सगैं हिड्दै थियो यात्रा जिन्दगीको
बाटो मोडि दियौ किन बैइमानी
यता भर पारी त्यतै नाता सारी
अन्तै जोडि दियौ किन बैइमानी
तिम्रो मेरो कहानी गजल गीत भयो
छोडेर तिमीले आशु मेरो मित भयो
हिजो त तिमी थियौ र पुछिदिन्थ्यो झर्दा
तर आज झरे पछि त्यहि शित भयो
धनले भन्दा मनले जितिन्छ भन्थे म
आज मेरो हार भयो तिम्रो जित भयो
नाटक गरे जस्तै भयो हाम्रो माया त
जग हास्ने बाटो बन्यो उस्कै हित भयो
भन्छन् यो जमाना खराब छ
हिजोको सम्झना खराब छ
यस्तै यस्तै सुन्छु बजारमा
तिम्रो त्यो चाहाना खराब छ
ढाल्ने बनाउने चलिरन्छ
सत्ताको रमाना खराब छ
तीम्रो यादमा कती रोए म इतीहास साक्षी छ
पत्यार छैन भने तीमीलाई मेरो लाश साक्षी छ
कीन छली हीड्छौ दुनीयालाई चीन्दैन भनी
तीम्ले मैले माया लाको हेर आकाश साक्षी छ
उल्टै मैले तीम्रो बदनाम गर्यौ भन्छौ रे तीमी
छुट्ने बेला के के भन्यौ तीम्ले उपहास साक्षी
तीम्लाई भुल्ने बाहानामा पीए अलीकती
यसैगरी जीन्दगीमा म जीए अलीकती
केही नभनी केहि नसोची तीम्ले च्यात्यौ मन
नदेखीने गरी त्यही मन सीए अलीकती
सगै जान्छु भनीकन छोड्यौ बीचमा गएर
रत जीन्दगीको डुङ्गा खीए अलीकती
यहा यस्तैयस्तै कुरा चल्दैछ
अब फेरी सरकार ढल्दैछ
कसैले केहि गर्न नपाउदै
सदन सगै सडक बल्दैछ
यति मात्रै कहा होर हेर त
त्यहि माथि जनआशा जल्दैछ
जनताको लागी भ्रम छरेर
जसरी पनि नजर छल्दैछ
लुकिचोरि धाउनुको मजा बेग्लै छ
अधेरिमा आउनुको मजा बेग्लै छ
एकातिर तिमी अनि अर्को तिर म
बसेर रमाउनुको मजा बेग्लै छ
डुबेर कल्पनामा त्यो सुहागरातको
तिमीमा हराउनुको मजा बेग्लै छ
यौवन प्यासले छटपटेको बेला
तिमीलाई पाउनुको मजा बेग्लै छ
हिजो आज यसैगरी रहरहरु बनिरहेका छन्
वालुवाको थुप्रोमा शहरहरु बनिरहेका छन्
भत्किन्छ थाहा छ सपनाका यी घरहरु
र पनि सपनामा घरहरु बनिरहेका छन्
स्वार्थले घेरेर होलान् सारा मनहरुको
किनारामा दिनदिनै बगरहरु बनिरहेका छन्
सोच्दैछु म हाम्रो प्रेम कहासम्म रहला
किनकि छुटाउनलाई जहरहरु बनिरहेका छन्
जग बसाउछौ भने मायाको छाना बन्न तयार छु
सुमुधुर संगित सगै मदहोसी गाना बन्न तयार छु
यदि तिम्ले मेटिदिन्छौ भने जिन्दगीमा भोक मायाको
सबै कुरा बिर्सिएर म त्यहि खाना बन्न तयार छु
ल्याउछौ भने मेरै समिप्यमा जिवन त्यो तिम्रो सानु
हासी खुसी सुरक्षित राख्ने त्यो थाना बन्न तयार छु
मेरै हातमा सबै बैंश राजिनामा गर्छौ भने तिमी
जिन्दगीको तमसुकमा तिम्रो पाना बन्न तयार छु