मैले तिम्लाई मन पराए, भन्छन् खराब जमाना
रमाई तिम्रो हात समाए, भन्छन् खराब जमाना
प्रेम गरेको हु मैले पनि, अपराध गर्या हैन
भनेर भन्ने आट चलाए, भन्छन् खराब जमाना
बढ्यो उमेर चढ्यो जवानी, रोकेर रोकिन्न रैछ
एकान्तरमा कतै पोखाए, भन्छन् खराब जमाना
चाहना तिम्रो पनि उस्तै हो, मेरो पनि उस्तै उस्तै
भेट हुदा जवानी जुधाए, भन्छन् खराब जमाना