"यति जनासँग, यति रात, यसरि गरियो" उसको फुर्ती साथीहरु माझ ठुलो हुन्थ्यो । उ आफुलाई साथीहरु माझ एक नम्बर मर्द कहलाउथ्यो । भेट हुने वित्तिकै उ आजको रात फलानोसँग यसो गर्यो भनेर सुनाउथ्यो । उ जहिल्यै पनि फरक फरक महिला सँग रात बिताएको कुरा गर्थ्यो । प्रत्येक दिन यसरी फरक फरक महिलाहरुसँग रात बिताउन पाउदा गर्व गर्थ्यो उ । साथीहरुलाई चाहि डाह हुन्थ्यो "यसले मात्रै कति मौका पाएको होला कहिले काहि त हामिले पनि पाए पॊ" एकपटक धेरै दिनपछि उसलाई मैले गाउमा भेटे, तर पहिलाको जस्तो उत्साह थिएन उ सँग, हातमा एउटा कागज थियो मैले त्यो कागज उसको हातबाट खोसेर पढेँ । त्यो त उसको मर्दपनको सर्टिफिकेट रहेछ, किनकि त्यहा लेखिएको थियो "HIV AIDS positive"...