निदरल्यान्डको हेगमा रहेको अन्तराष्ट्रिय अदालतमा बुद्धको मुर्ति स्थापना गरिएको छ । जो सारा नेपालीका लागि अत्यन्तै खुसि र सुखद समाचार हो । यो सारा नेपालीको गर्व हो, सान र मान हो । अझ अर्को कुरात त्यस मुर्ति संगै बुद्ध नेपालको लुम्बिनमा जन्मिएका हुन भनेर स्पष्टसंग लेखिएको छ । जसले गर्दा नेपालको चिनारि बिस्वसामु पुग्नुको साथै बुद्धको जन्मस्थलको बारेमा फैलीएको भ्रमसमेत निस्तेज भएको छ । सारा नेपालीले यस कुरामा गर्ब गर्नु स्वभाविक छ , किनकि यस कुराले नेपाल र नेपालीको इज्यत र प्रतिष्ठा बढाएको छ । यो हाम्रलागि अत्यन्तै सुखद पक्षहो । तर त्यो मुर्ति स्थापनासंगै चुनौतिहरु पनि थपिएकाछन सारा नेपाल र नेपालीका लागि, भलै त्यस तर्फ भने हाम्रो ध्यान त्यति पुगेको छैन । हामिले बुद्ध मुर्ति स्थापनाको गर्व संगै चुनौति सामना गर्ने संकल्प पनि गर्न सक्नु पर्छ र ति चुनौति हरुलाइ परास्त गर्दै जानुपर्छ अनिमात्र बुद्ध मुर्ति स्थापना बाट प्राप्त गर्बको सार्थकता रहन्छ ।
बुद्ध सान्तिका प्रतिक हुन, सान्तिका अग्रदुत हुन र बिश्वमा सान्तिको संदेस फैलाउने प्रथम अभियन्ता हुन । यस्ता महापुरुष बुद्ध नेपालमा जन्मिएका हुन र यिनको नामबाट नेपाल बिश्वमा चिनिन पाउनु पनि हाम्रालागि गर्बकै कुराहो । तर यससंगै आएका सारा चुनौतिलाइ हामिले साबधानि संयम र कठोर मेहनतका साथ सामना गर्न सकेनौभने हाम्रो गर्ब, मान र प्रतिष्ठाको के नै अर्थ रहन्छ र ।
बुद्धलाइ अन्तराष्ट्रिय जगतले सान्तिका दुत भनेर चिन्छ, सम्मानित नजरले हेर्छ अनि प्रतिष्ठा प्रदान गर्छ । बुद्ध नेपालमै जन्मेका हुन भनेर थाहा नपाउने अथवा भ्रममा रहेकाले पनि बुद्धको जन्मथलोको वास्तविकताको बारेमा अव बुझदै जानेछन, बुद्धको जन्मस्थलको कारणबाट पनि नेपालप्रति विस्वका जनताको सम्मान र सद्धभाव बढ्दैजाला यसै कारणबाट पनि नेपाल सान्तिपृय र सान्तिपुर्ण होला भनि बिस्वका जनताले बुझ्नु सोच्नु र परिकल्पना गर्नु पनि स्वाभाविकै हो, तर बिडम्बना नेपालको हालको अवस्था सबैलाइ ज्ञात भयोभने सम्भवत विस्वलाइ पत्याउनपनि गाह्रो होला के वास्तबमै बुद्ध नेपालमै जन्मिएका होलान र ?