बसन्तको बेलासंगै खडेरी पनि आउछ
सिमसिम पर्ने पानि संगै बर्षाले भेल ल्याउछ ।
कहिले जुन उदाउछ याहा,कहिले हराउछ
झलमल्लको घामपछि निष्पट्ट अध्यारो छाउछ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
जन्मको खुसि पनि यहि देखिन्छ
मृत्युको दर्ता पनि यहि लेखिन्छ ।
हांसोका फोहरा पनि अबिरल छुट्दछन्
मुटुका भक्काना पनि भक्कानिइ फुट्दछन् ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
यता मिलनका क्षणले आनन्द दिइरहन्छ
उता बिछोडको पिडाले मुटु खिइरहन्छ ।
जीवनको आफ्नै ढंगले परीभाषा लाग्छ
रम्नेलाइ रङ्गमञ्च, ब्यथा हुनेले मृत्यु माग्छ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।