बाटो हिंड्ने बटुवा को भर हुन्न सानु ।
आशय दिने ढटुवा को भर हुन्न सानु ।।
कती कुर्छौ उसैलाई फर्की आउछ भनी ।
धनको पछी छटुवा को भर हुन्न सानु ।।
साँचो माया नबुझ्नेलाई थाहा हुन्न अर्थ ।
बेसार जस्तै घटुवा को भर हुन्न सानु ।।
अघी पछी नसोची स्वार्थ हेरी जता ततै ।
पाउदा थाली चटुवा को भर हुन्न सानु ।।
हुन्छ भन्दै यहाँ उ सबलाई धोका दिन ।
बैगुनी भई खटुवा को भर हुन्न सानु ।।