यहाँ ढुँगा चाल्दा, नुन हुने भए ।
जोगी लाई पाल्दा, गुन हुने भए ।।
औशी र पुर्णिमा नै, चाहिन्दैनथ्यो ।
लाखौं बत्ती बाल्दा, जुन हुने भए ।।
विरह को गीत, सबै ले गाउथे ।
सयौ बाँस ढाल्दा, धुन हुने भए ।।
धनी र गरीब, समान हुनेथ्यो ।
पत्रु लाई गाल्दा, सुन हुने भए ।।
फुस्कोमा बस्न, कसैकोहुन्न इच्छा ।
सधैं भित्ता टाल्दा, चुन हुने भए ।।