हिजो आज नेपाल मा शान्ती मैले देख्या छैन ।
कलङ्कित त्यो अनुहार हत्केलो ले छेक्या छैन ।।
बार्ह बर्ष युद्ध हुँदा यहाँ हजारौ ले ज्यान गुमाए ।
टुहुरा को आशु खस्दा कसै ले नि छेक्या छैन ।।
दिन दु:खी मरे भोक-भोकै नेता चढे पजेरोमा ।
शोषण गरी धन थुपार्दा कनुनलेनी छेक्या छैन ।।
जातिय र भौगोलिक मा नेतालेनै सङ्ग्राम मोडे ।
उर्ले जनता भेल जस्तै संबिधान ले छेक्या छैन ।।