बहर लाई गोठ को माया ।
रहर लाई ओठ को माया ।।
झुटो मुद्दा खेप्नै परे पनि ।
वकिल लाई कोट को माया ।।
एउटै रगत मा भन्दा नि ।
ब्यापारी लाई नोट को माया।।
जनता ले गाली गरे के भो ।
त्योनेता लाई भोट् को माया ।।
बहर लाई गोठ को माया ।
रहर लाई ओठ को माया ।।
झुटो मुद्दा खेप्नै परे पनि ।
वकिल लाई कोट को माया ।।
एउटै रगत मा भन्दा नि ।
ब्यापारी लाई नोट को माया।।
जनता ले गाली गरे के भो ।
त्योनेता लाई भोट् को माया ।।
बादलुको ओतपरे नि, तीम्रै छाया लाग्थ्यो ।
मलाई घृणा गरे पनि, तीम्रै माया लाग्थ्यो ।।
तीमिलाई नदेख्दा, कयौ चोटि एक्लोपनले
मेरो आशु झरे पनि, तीम्रै माया लाग्थ्यो ।।
पराइ को साथ लागि, कड्किएर सधैं नै
जती आँखा तरे पनि, तीम्रै माया लाग्थ्यो ।।
छाती भरी बेदना र, मुटु भरी खोट ले
सयौ चोट दिए पनि, तीम्रै माया लाग्थ्यो ।।
सुनिन्दैछ, सुन्दर नेपाल मा भाग बण्डा हुँदैछ रे,
सन्तान सबै छुट्न लाग्दा मेरी आमा रुदैछ रे ।।
चार जात छत्तिस वर्ण एउटै साझा फुल्बारी मा,
एउटा थुङ्गा खस्न खोज्दा सयौ थुङ्गा रुदैछ रे ।।
जात, जाती, भेष-भुषाले सजिएको प्यारोदेश मा,
काखा, पाखा पार्न खोज्दा सबको मन रुदैछ रे ।।
जातिय र भौगोलिकमा शासन सत्ता तानातान ले,
गुरासफुल्ने पखेरु र डाफे नाच्ने तारेभिर रुदैछ रे।।
यदा कदा याद आए, तीम्रो मुटु झस्कियोस ।
सम्झनामा मन रुदा, तीम्रो छाती चस्कियोस ।।
घर छोडे को दुई दिन मै, नाठो सङ्ग गएछौ ।
सुख पाउदा मातियौ, तीम्रो छाती चस्कियोस ।।
आफ्नै खुन बिर्सने, कस्तो कठोर मन पनि ।
कहालिन्दा त्यही खुन, तीम्रो छाती चस्कियोस ।।
कलीला..ति मुना, दुई मुटु का धड्कन ले ।
ममी भनी पुकारदा, तीम्रो छाती चस्कियोस ।।
तीम्रो मन्द मुस्कानको भाउ कती धेरै ।
जता ततै चर्चा चल्ने ठाउँ कती धेरै ।।
स्वर्गकी परी हौ कि रुपवती अप्शरा ।
तीम्रै मात्र पछी लाग्ने गाउ कती धेरै ।।
लजाएर ओठ टोक्दा बेहोशी नै बन्ने ।
तीमी सङ्गै जोडीएको नाउ कती धेरै ।।
शराबी त्यो नयन मा सबै झुमीएर ।
कल्पना मै हराउने दाउ कती धेरै ।।
एकैबोली बोलेथ्यौ मोहिनी त्यो बोलिले।
घायल पार्दा मुटुमा घाऊ कती धेरै ।।
देउराली मा भाका फेर्दै मैले गीत गाउन भएन !
सानी सङ्ग मुटु जोड्दै मैले माया लाउन भएन!!
ईर्ष्या लाग्यो सबलाई भन्छन राम्रो जोडी देखेर !
हाटबजारमा उनलाईभेट्न मैले सधैं धाउन भएन!!
मेलापात मा नदेख्दा, पन्धेरी मा नभेट्दा नि !
उनको घर को बाटो हुँदै मैले फेरी आउन भएन!!
कर्मैरुखो होकिभन्छु चैतमासको खडेरी झै लाग्छ !
मेरोलागी शितलदिने महिनाकहिल्यै साउन आएन!!
बस्दिन भो मुङ्लान मा यसपाली आउछु सानु ।
छेउ मा बसी रमाएर चोखो माया लाउछु सानु ।।
चाहिन्दैन सुख मलाई दु:ख मानै जिउला सधैं ।
तीमी सँगै हासी खेली मेलापातमा धाउछु सानु ।।
पन्धेरी र घासदाउरा हामी मिली जाउला सङ्गै ।
थकाई लाग्दा उकालीमा मिठोगीत गाउछु सानु ।।
सुख दु:खमा साथदिने तीमिनै हौ मेरो संसार ।
तीम्रो समिप भए भने सधैं सधैं रमाउछु सानु ।।
ओठ छ भन्दै जता ततै हास्न नमिल्ने ।
बैश छ भन्दै मायाप्रिती गास्न नमिल्ने ।।
चाहना ले यो मन छुदा गुलाब झै हुन्छ ।
फुल्न नदीइ कोपिला मै लास्न नमिल्ने ।।
एकहुन्छ खोज्यामान्छे हजारौको भिड्मा ।
मन पर्या सबै छातीमाथि टास्न नमिल्ने ।।
आँखा भरी सजिए को धेरै हुन्छ सपना ।
अपुरा ति इच्छाहरु लाई छास्न नमिल्ने ।।
उजाडीएको समाज मा, नयाँ बस्ती बसाउनुछ ।
जरै सित गाडीएको, अन्धबिश्वास मसाउनुछ ।।
रुढिवादी ग्रस्त बन्दै, हामी माथि थोपरिएको ।
कुरिती र कुसस्कार लाई, सबैमिली भसाउनुछ।।
ब्याभिचारी मनले होइन, स्वछ अनी पवित्रले ।
अनेकता मा एकता, साईनो यहाँ गसाउनुछ ।।
शरद पछी बषन्त मा, नयाँ मुना पलाए झै ।
नयाँ जीवन नयाँ सस्कार, मनभित्र पसाउनुछ।।
बात हरु चल्छन भने चल्न देउ सानु ।
रात हरु ढल्छन भने ढल्न देउ सानु ।।
माया प्रित नै नबुझ्ने ति रुढीवादी सबै ।
जात हरु जल्छन भने जल्न देउ सानु ।।
साचो प्रेममा इर्ष्यालु हरुको मन भित्र ।
खात हरु बल्छन भने बल्न देउ सानु ।।
आउ हामी साथ हिडौ प्रेम पथ मा सँगै ।
आत हरु गल्छन भने गल्न देउ सानु ।।
दोबाटो मा लुकिछिपी यही समाजले नै ।
घात हरु छल्छन भने छल्न देउ सानु ।।