बैगुनी लाई सबै भन्छन नदिनु रे हात हजुर
जीवन भाक्न नसक्ने ले नगर्नु रे बात हजुर
यहाँ दु:ख सुख पेवा हुन्न अघी पछी सबलाई पर्छ
आफ्नै सम्झी ज्यान दिनेलाई नगर्नु रे घात हजुर
समय आउछ पर्खिन्दैनबग्या पानी फर्किन्दैन
यहाँ मन मिल्ने कोही भेटे नरोज्नु रे जात हजुर