म मर्ने बेला तीमी नआउनु ।
आशु झारी शोक नमनाउनु ।।
बादल फाटे सरी फाट्योमन ।
लाशमाथी फूलपाती नलाउनु ।।
मेरो आत्मा बुझाउन साझमा ।
दियो बाल्न चिहान नधाउनु ।।
म बाचुन्जेल अर्कै को भयौ ।
अरु सामु गाथा हरु नगाउनु ।।
म मर्ने बेला तीमी नआउनु ।
आशु झारी शोक नमनाउनु ।।
बादल फाटे सरी फाट्योमन ।
लाशमाथी फूलपाती नलाउनु ।।
मेरो आत्मा बुझाउन साझमा ।
दियो बाल्न चिहान नधाउनु ।।
म बाचुन्जेल अर्कै को भयौ ।
अरु सामु गाथा हरु नगाउनु ।।
उनको बारुले कम्मर अन्तै मर्के पछी,
लहरा झै आशा हरु अन्तै लर्के पछी ।।
चोट लाग्दा गाह्रो हुन्छ यहाँ सहन,
जोडीए को मन मुटु फेरी चर्के पछी ।।
निको भई सकेको घाऊ दुख्न थालयो,
पराइ तिरै उनको मन फेरी फर्के पछी ।।
नओईल्याउदै झरेको थुङ्गा जस्तै भए म,
बेहोशी मा एक्लै छोडि फेरी तर्के पछी ।।
माया प्रेम छोडेर पहिचान को कुरा लेख ।
पुर्खा सङ्ग जोडेर पहिचान को कुरा लेख ।।
धेरै लेख्यौ वियोगमा मन जलेको कहानी ।
रुने मन फोडेर पहिचान को कुरा लेख ।।
आखीर केनै पायौ आलाप विलाप गरेर ??
सारा नाता तोडेर पहिचान को कुरा लेख ।।
हाम्रो सामु जिर्ण ईतीहास को उद्दार गरी ।
माली बनी गोडेर पहिचान को कुरा लेख ।।
सयौथुँगा जात जातिको आफ्नै कालान्तरछ।
आफु लाई मोडेर पहिचान को कुरा लेख ।।
तीमी जस्तो नजर्को ईशारामा, म, नाचिहिंड्ने होइन ।
दुनियाँको पछीपर्दै आशैआश्मा, म, बाचिहिंड्ने होइन ।।
सुख दु:ख अङ्गालेर परिश्रममा सधैं भर्पर्छु म ।
अरुलेनै दिन्छ भन्दै नयनमा, म, साचिहिंड्ने होइन ।।
हासोखुशी जिन्दगीहो जहिल्यै आफ्नै वशमा रमाउछु ।
पराइको घरआङ्गनमा कम्मर, म, भाचिहिंड्ने होइन ।।
प्यारो लाग्छ आफ्नै ठाउँ जहाँ जन्मे वही मर्छु ।
धुलोमाथी पाईलाटेकी जुनतारामा, म, दाजिहिंड्ने होइन ।।
समाज माथी छल गरेर बैमानी को सधैं खोल ओढी ।
जिउदोछौकी मरयौभन्दै छुरारोपी, म, जाचिहिंड्ने होइन ।।
उनले मेरो गाउ हेर्दा तुवालो ले छेकियो रे,
स्वर्ग जस्तै सुन्दर ठाउँ अनकन्टार देखियो रे ।।
सुख सयल रोज्ने त्यो मन गरीबिको झुपडिमा ।
खुशी सङ्ग साट्न खोज्दा आशुमात्र भेटियो रे ।।
हुन्न कसम हाम्रोजोडी मत अन्तै मोड्छु भन्थी ।
बर्षौ दिन मा लाको माया पल भरमै मेटियो रे ।।
साथ छुट्दा बिरानी भई परेली मा आशु खस्दा ।
हासोसङ्ग बाच्ने उन्को रहर चुलेसिले रेटियो रे ।।
हात्ती छाप र बाटा चप्पल, हिजोसम्म लाको देखे ।
गिट्ठा भ्यागुर सिस्नो ढिडो, छाकटार्नलाई खाको देखे ।।
दिनहुको पिढा मनले हजुर, राजनितीमा हात लगाइ ।
गाउ गाउ जनता सङ्ग भोट्, माग्न गाको देखे ।।
पिर ब्यथा बुझ्ला भन्दै, एक एक मतले हजारौमा ।
बिजय को उद्घोष हुँदै, अविर माला लाको देखे ।।
जनता लाई झुक्याएर उनले, स्वार्थ भर्दै परिवारमा ।
घमण्डले चुरीफुरी जता ततै, हिरामोती छाको देखे ।।
सङ्ग्राम मा ढलेको पल, तीमिले अलिकती
फेर्ने सास दिएकी थियौ ।
देह यो मेरो जलेको पल, तीमिले अलिकती
बाच्ने आस दिएकी थियौ ।
पाइला हरु गलेको पल, तीमिले दिलछेउ
बस्ने बास दिएकी थियौ ।
भोकले तन बलेको पल, तीमिले खानेथोरै
आफ्नो गास दिएकी थियौ ।
खडेरिमा सुकि जाने झरनाको मुल कस्तो ?
फक्रिएर नओईल्याउदै झरी जाने फुल कस्तो ?
चौतारी को वर पिपल झै दुईप्रेमी लाई यहाँ
बाँच्न नदीइ छुट्टाउने बैमानी को हुल कस्तो ?
मन भरी तन भरी खुशीको रङ्ग भर्न नपाई
त्रुटी हरु नभईनै माफि माग्नु पर्ने भुल कस्तो ?
मेरो रुप देखी लजाउ भन्थी ।
मुटु भरी नाम सजाउ भन्थी ।।
चङ्गा सरी यो मन उड्दा ।
खस्न नपाई समाउ भन्थी ।।
तीम्रो धैर्यता को बान्ध फुटे ।
घुम्टो ओढाइ भगाउ भन्थी ।।
तन तीमी सङ्गै झुल्न थाल्यो म के गरौ ?
मन तीमी सङ्गै भुल्न थाल्यो म के गरौ ??
छामी हेरे छाती बिच भागेर सुटुक्कै
तीम्रो वरी परी डुल्न थाल्यो म के गरौ ??
नखोलिने सन्दुक भित्र कैद नै थिए
बन्द सबै ढोका खुल्न थाल्यो म के गरौ ??
यौवन को उछवास ले मात लाग्दा
बैश का लहर फुल्न थाल्यो म के गरौ ??