कैलै जीत भयो कैलै हार भयो
हार्ने र जीत्ने त बारम्बार भयो
दुई मुटु यौटै धड्कन् थियो
पछि गई छुट्टै संसार भयो
भेटे बोल्दा के फरक पथ्र्यो
तर पनि मन दोधार भयो
पालामा तेल थपिएन फेरी
निभेर दीप अन्धकार भयो
कैलै जीत भयो कैलै हार भयो
हार्ने र जीत्ने त बारम्बार भयो
दुई मुटु यौटै धड्कन् थियो
पछि गई छुट्टै संसार भयो
भेटे बोल्दा के फरक पथ्र्यो
तर पनि मन दोधार भयो
पालामा तेल थपिएन फेरी
निभेर दीप अन्धकार भयो
अब तिम्रो सम्झनाको बाटो बन्दिन म
तिम्रो सुखी दम्पत्यको फाटो बन्दिन म
बुझ्दछु म तिमी अन्तै खुशी हुन्छ्यौ प्रिय
तिम्रो सामु अज्ञ्यानी त्यो लाटो बन्दिन म
हाँसी खुशी जीवन बितोस् सधैं भरी नै
फेरी कैलै त्यो मुटुको पाटो बन्दिन म
सुन सानु बुझ कुरा बोल्छु सत्य साँचो
अतितमा दुखेको घाऊ खाटो बन्दिन म
यौटा सुन्दर त्यो रचेर रचना छोडौ कि यै देशमा
राम्रो फूल टिपेर बास्न सितको जोडौ कि यै देशमा
माटोको ममता भुलेर अरुमा ईच्छा नराखौ कतै
त्यागी स्वार्थ सबै बिकाश मुल यो फोडौ कि यै देशमा
काँडाको बिचमा म हिड्छु सहजै चम्केर संसारमा
आफ्नो राष्टियता रचेर कबिता गोडौ कि यै देशमा
सष्टाको रुपमा असीम क्षमता बोकेर नेपाल यो
राम्रा सिर्जनका म देख्छु सपना मोडौ कि यै देशमा
तिम्रो मेरो मेल भयो ।
जिन्दगीको नेल भयो ।
बैस थियो आँखा लाग्ने ।
त्यही बैस जेल भयो ।
राजी खुशी लगाएको ।
माया आज खेल भयो ।
छोडी जादा निर्मोहिले ।
आसु बगी भेल भयो ।
स्वाभिमानी नेपालीले माम खोजौ आफ्नै देशमा
नयाँ नेपाल बनाउन काम खोजौ आफ्नै देशमा
फर्कौ अब परदेश बाट हामी सबै यूवाहरु
चाँडै नयाँ बिकाशको लाम खोजौ आफ्नै देशमा
बिदेशीको अर्थ बढाई दाषी भई बस्नु भन्दा
आटै खाँऊ फाटै खाँऊ नाम खोजौ आफ्नै देशमा
कतिन्जेल जिउनु हामी अन्धकारमा यो जीवन
भावी दिनमा न्यानो दिने घाम खोजौ आफ्नै देशमा
सधै बिश्वास गर्ने भए दिप दर्शन तिम्रै
प्रिती कै बिज छर्ने भए दिप दर्शन तिम्रै
सधै बास दिन्छु प्रिय दिलको ढोका खोली
दिलमा डेरा सर्ने भए दिप दर्शन तिम्रै
राखेको छु खाली मैले यो यौवन तिम्रै लागी
खाली ठाऊ छ भर्ने भए दिप दर्शन तिम्रै
पीडाका ति भेलहरु हातमा हात समाई
सँगै जँगार तर्ने भए दिप दर्शन तिम्रै