कायम छ देश बेच्ने, लाम अझै सडकमा ।
पुकारेर सहिदको, नाम अझै सडकमा ।।
कत्ति लाज नभएका ,बगँचाको मालिहरु,
थुक्क तिमि कति गर्छौ, जाम अझै सडकमा ।।
नेता मात्र दोषि कहाँ, छ र हाम्रो नेपालको?
भेडा जस्ता जनता, बेकाम अझै सडकमा ।।
कुर्सिको रुप धरेर, गोरु एक के मरे थ्यो,
लुछिराछ गिद्धहरु, सुभ साम सडकमा ।।