कति टालु फ़ाटेको मन, सिलाउन सकिन ।
यता टाल्छु उता फ़ाट्छ, मिलाउन सकिन ।
मुटु साट्नु गल्ति रैछ, साटेपछि थाहा भो ।
सम्झाउन खोजे यो मन,रिझाउन सकिन ।
मेरो माया मारि गयौ, पराइ मन परेपछि ।
आफ़ै मर्न खोजे जहर, पिलाउन सकिन ।
छटपटिमा बित्छन मेरा, तिमिबिना रात हरु ।
तिम्रै यादमा तड्पिएर, निदाउन सकिन ।