तिम्रो जिबन चैतमासको, खडेरी झै नाहोस !
जुनबिनाको डरलाग्दो, अधेरी झै नहोस !
सदाबहार छाओस सधै, शिखर चुम्दै जानू !
हिउद मास मुलसूकेको, पधेरी झै नहोस !
ख़ुशी हुनु सधै तिमि, यही मेरो कामना छ !
तिम्रो मन त्यों अध्यारो, मझेरी झै नहोस !
सफल तिम्रो जोडी लाइ, जुनिजुनी बाच्नु !
कहिल्यैपनि साथ छुटेको, भगेरि झै नहोस !