कसैलाई नचिन्ने हुन्छ मान्छे
र त एक्लै एक्लै रुन्छ मान्छे
अलिकति पाए के के न पाजस्तो
र दुध ले मुख धुन्छ मान्छे
स्वार्थमा यतिसम्म लुप्त कि
जिब्रोले पैताला छुन्छ मान्छे
खाली आयो खाली जाने हो सब
र पनि जाल किन बुन्छ मान्छे
कसैलाई नचिन्ने हुन्छ मान्छे
र त एक्लै एक्लै रुन्छ मान्छे
अलिकति पाए के के न पाजस्तो
र दुध ले मुख धुन्छ मान्छे
स्वार्थमा यतिसम्म लुप्त कि
जिब्रोले पैताला छुन्छ मान्छे
खाली आयो खाली जाने हो सब
र पनि जाल किन बुन्छ मान्छे
थाके भनु भने सगरमाथा चढ्न बाँकि छ
अझै कति कति लडाईहरु लड्न बाँकि छ
पढेछु र के मैले यो दुनियामा आजसम्म
मेरै जीवन यो टुक्रा टुक्रा पढ्न बाँकि छ
हरेक साँझ थाकेर भन्छु धेरै गरे आज
सबै अरु को आफ्नो त अझै गर्न बाँकी छ
मैदान त अझै छिचोल्न बाँकी छ जीन्दगीको
चढे उकाली सिङ्गो ओराली झर्न बाँकि छ