रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
ए दाई! देशको कुरा गर्दै नगर !!
यो परिबेशको कुरा गर्दै नगर !!
हात्तिको देखाउने दाँत जस्तै भो
फेरी मधेसको कुरा गर्दै नगर !!
भोगेकै हो दश-दश बर्ष ज्यादती
तिमि निमेशको कुरा गर्दै नगर !!
फरक छैन माल्दाई यो, त्यो, ऊ, अहँ !
चोट र ठेसको कुरा गर्दै नगर !!
छोरो भाई गावै साखाप भा'छ मेरो
फेरी नि ! हरेसको कुरा गर्दै नगर !!
केहो नगद के उधार ठ्याम्मै बुझिन !!
खै कुन्नि के हो ? प्यार ठ्याम्मै बुझिन !!
झझल्कोमा तिमि सपनिमा पनि तिमि
किन आ'को बारम्बार ठ्याम्मै बुझिन !!
तिमि जनताको भन्छौ मलाई लाग्दैन
कसको हो यो सरकार ठ्याम्मै बुझिन !!
कति छिटो कति चाँडो कति तिखो क्या बोलि
जिब्रो हो कि चक्कुको धार ठ्याम्मै बुझिन !!