तिमीले सके तिमी तान
मैले सके म तान्छु
... जसले सक्छ उसले तानौँ
आऊ, हामी तानातान गरौँ !
तिमी हातपट्टि तान
म खुट्टापट्टि तान्छु
म हातपट्टि तान्छु
तिमी खुट्टापट्टि तान
आऊ, हामी तानातान गरौँ !
तिमी आधा अङ्ग च्यातेर लैजाऊ
म बाँकी अङ्ग च्यातेर लान्छु
तिमी एउटा सिङ भाँचेर लैजाऊ
म अर्को सिङ भाँचेर लान्छु
आऊ, हामी तानातान गरौँ !