आफु भित्र खोटै खोट छ, महशुस गर्ने कस्ले
अरु लाई कति चोट छ, महशुस गर्ने कस्ले
बिग्रे बाटो भत्के पुल, दु:ख पाउने जनताले
नेता लाई भोटै भोट छ, महशुस गर्ने कस्ले
न्याय माग्ने पिडितहरु, उल्टै सास्ति खेप्छन
बिपक्षमा कालो कोट छ, महशुस गर्ने कस्ले
देख्नेलाई पो हाई सन्चो छ्, परदेशी जिबन
दर्द छ कि नोटै नोट छ, महशुस गर्ने कस्ले