किन होला यस्तो लाग्छ, मलाई आज भोली
पागल हुन्छु नसुनेमा, एकछिन तिम्रो बोली
फोनमा पनि कुरा भा'छ, नेटमा पनि कुरा
पलभर अलग भयो कि त, मनमा चल्छ छुरा
कति बेगले बग्न थाल्यो, पिरतीको खोली
पागल हुन्छु नसुनेमा, एकछिन तिम्रो बोली
मुटुभरी तिम्रै धड्कन, आँखाभरी छाँया
सयौं जुनि रहि रहोस्, हाम्रो यस्तै माया
जति घोप्ट्याउ नरित्तिने, यो मायाको झोली
पागल हुन्छु नसुनेमा, एकछिन तिम्रो बोली