देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन मेरी आमा हो नेपालीकी छोरी
बुढेसकालका लाठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुसी देखिन्छिन
ती काँगडाका सन्तान अँझै मरेका छैनन
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन
पाउँदिन केही पनि रगत-स्तनको साटो
आउदैन माग्न उसलाई हो नेपालीकी छोरी