मेरो छुट्यो त के भो प्रीत, कतिको गासेर गयो दशै
म रोएर बसे त के भो, कतिको हासेर गयो दशै
भित्र्याए बिकृती धनि हरुले, देखाए आडम्बरी पना
जस्ले गर्यो देखसेखी तिन्को, घरखेत मासेर गयो दशै
यसपाली त पक्का आउछु घर,बाचा गरेथे प्रीयसीलाई
मिलनको मिठो आभाष फेरी, मनमै साचेर गयो दशै
कति तडपिन उता उनि, उस्तै हाल भो मेरो एता
बेदनामै दुई चिरा भैइ, मुटु फाटेर गयो दशै