न जाऊ अहिले सुन्दरी, रात सुनसान छन
जता ततै जलिरहेको, बाटो भरी चिहान छन
एक्लै तिमी कता जान्छौ, शहर मातीने बेला
भालाद्मिको भेषमा, डुलीरहेको बेइमान छन
फूल रोजी हिड्छन सधै, गली गली ती रातमा
मित्रहरुको रुपमा, भंवराहरु शैतान छन
एक छीन यही बसी, पिडा मेरो हलुको गर
छाती भरी निष्ठुरीले, कोरेका निशान छन
अँध्यारो रातमा तिमी, कता कता हराउला
आज बस यतै यहाँ, बॉस बस्ने मकान छन