त्यो कलैया नगर नगिचैको बैरिया मेरो गाउँ
सडकका अगल र बगलमा सुस्नाको झाडी
खाल्डा र खुल्डी धुलो अनि हुरी
बिहानीपख सैरमा हिडेको त्यो क्षण
फर्कंदा मुखमा नीमको दतिवन
अनि त्यो चोक को चिया
राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त
मुकुन्द काका र श्रीराम दाई
प्रयाग चाचा र जोगिन्दर भाई
अब विदेशमा किन मेरो आँखा
यस्तरी छल छालायी रहेछ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आई रहेछ
आँगनमा ईनार, अनि मन्दिर तथा तुलसीका ती बोटहरु
राम राम र कृष्ण कृष्ण लेखिएकाती भित्ताहरु
त्रिपुंड लगाई ध्यानमग्न मेरी बुढी हजुरामा
छोरो कहिले फर्कला भनि सडकतर्फ हेरी रहेकी मेरी आमा
बरन्डामा सोंचमा डुबिरहेको मेरो बुढो बाबु
ढोकामा दुधको बाल्टिन लिई उभिरहेको त्यो दरबारी राउत
अनि छिमेकी भाउजुको ठुलो हाँसोको स्वर