छातीमा लागेको गोलीको घाऊ आलै छन् निको भाकै छैन
दिन प्रतिदिन बड्दै छ मलम लगाई दिने कोहि गाकै छैन।।
युद्द रणमैदानमा आमा बाबा गुमाएर एक्ला टुहुरा बच्चाहरु
बस्ने बास र भोग लाग्दा एकमुठी गास खान कोहि पाकै छैन।।
सुन्दर बस्ती बम बारुदका धुवाले अझै उराठ लाग्दा छन्
खै नयाँ नेपाल? जनताको दु:ख बुझ्न त्यहाँ कोहि धाकै छैन।।
आफ्नै सन्तानहरु लुछा तानी देखेर झन् निराशा थपिदै छ
आमासंग सुख दु:ख बुझेर मायाको मितेरी कोहि लाकै छैन।।
देश र जनताको लागि लड्दा लड्दै शहीदको खबर सुनेर
मानसिक गुमाएका पीडा बुझेर कोहि सहानुभूति देखाकै छैन।।