नेपाल आमाको एक लाख चालिस हजार किलोमिटर
क्षेत्रफलमा
एक चौथाइ हिमाल छ – टोक्नु भएन
एक चौथाइ भीर पहरा छ – दार्नु भएन
एक चौथाइ वन छ – मास्नु भएन
बाँकी एक चौथाइ जे छ – त्यहाँ खेतीपाती पनि छ
गाउँ सहर लेक बेसी र बस्ती पनि छ
त्यहाँ दिनको दुई हजार अम्सियारहरू जन्मन्छौँ
एक हजार मर्छौं
एक हजार बाँच्छौं र जम्मा अम्सियारहरूको सङ्ख्यामा दिनदिनै थपिन्छौँ
छिमेकबाट पनि राम्रै थपिन्छौँ
यसरी यस वर्ष एक करोड चालीस लाख जनसङ्ख्या पक्कै पुगेका छौँ
प्रत्येक नेपालीका अंशबन्डामा दस मिटर लामो दस मिटर चाक्लो
जमिनको एक चौटो पर्छ
हाम्री आमाले हामीलाई जन्मसिद्ध सन्तानका रूपमा स्वीकार गर्दै आफ्नो
छातीमा पारेर दिएको
त्यही हो हाम्रो प्राप्ति
त्यही हो हाम्रो नियति
हाम्रो त्यो प्राप्ति, त्यो नियति त्यो जग्गाको
लम्बाइ चौडाइ क्षेत्रफल गहिराइ र उब्जनीसमेत