वनस्पतिसँग सोधेँ, "के चाहन्छौ ?"
वनस्पतिले भने, "न्याय ।"
"त्यो भनेको के ?"
वनस्पतिले भने, "अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।"
मैले भनेँ, "अलि प्रस्ट भन न !"
वनस्पतिले भने, "पञ्चतत्त्वमा हाम्रो मोहियानी हक । बँधुवा-मजदुर हक ।"
मैले सोधेँ, "त्यो भनेको के हो ?"
वनस्पतिले भने, "हाम्रो भागको माटो, पानी, हावा, आगो, आकाशको भोग गर्ने अधिकार ।"
मैले सोधेँ, "अनि, तिमी हामीलाई के दिन्छौ ?"
वनस्पतिले भने, "तिमीले सास फेर्ने वायु । तिमीले खाने भोजन । तिमीले पिउने पेय । त्रि्रो व्याधि निको पार्ने औषधि । तिमीले बस्ने घर । तिमीले लाउने लुगा । तिमीले रसास्वादन गर्ने सौर्न्दर्य । तिमीलाई यो धरती भोग गर्न चाहिने सबै पुर्वाधारहरू । तिमीलाई बाँच्नका लागि नभई नहुने पञ्चतत्त्वका हामी अभिन्न अङ्ग हौँ । तिम्रा लागि हामी हाम्रो जीवन उर्त्सग गर्छौं ।"