पौरखले भरिएकी आमा मेरी यीनै हुन्
ममताले सिन्चिएकी आमा मेरी यीनै हुन् ।।
जन्मदिंदा प्रसवको पीड़ा पनि छिपाएरै
मझेरीमा तेर्सिएकी आमा मेरी यीनै हुन् ।।
सन्तानको खुशी हेर्न जे नि गर्न सक्ने गरी
साहसले बाँधीएकी आमा मेरी यीनै हुन् ।।
मृत्युसम्मै दु:ख गर्ने बिनास्वार्थ मायाँ भर्ने
ईश्वरसंगै उब्जिएकी आमा मेरी यीनै हुन् ।।