एक्लैपारी अंगालोमा कसेपछि थाहा भयो
तिम्रै घर पाहुनाभै बसेपछि थाहा भयो
तिमी त हिउँद बार्न माइतीघर पो आकीरैछौ
सिन्दुरपोते मेरो छेउमा खसेपछि थाहा भयो
केहि कुरा नगरेरै मेरो अघि लजाईरह्यौ
शिरपैताला चुम्वनले डसेपछि थाहा भयो
जे हुनु भैहाल्यो गल्ति हामी दुबैको हो
छाँगाबाट अकस्मात खसेपछि थाहा भयो